समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

दर्ता बिना नै रौतहटमा सयौ बोडिङ्ग स्कुल संचालनमा - 2017-04-06
कलमपाटी २४ चैत्र / रौतहट जिल्लाभरी नै शिक्षाको नाममा व्यापार गर्नेहरुले नियम बिपरीत धमाधम निजी विद्यालय संचालन गरिरहेको पाइएको छ ।

अग्नी पिडित लाई सहयोग - 2017-04-06
कलमपाटी २४ चैत्र / चन्द्रपुर नगरपालिका २ भोलनटारका अग्नी पिडितहरु लाइ नेपाली काग्रेस समर्थित युवाहरुले राहात सामाग्री बितरण गरेका छन । चैत्र २० गते राती हावाहुरीका कारण आगो घरमा आलोलागे पछि पिडित बनेका ीन घरका परीवार लाइ राहात बितरण गरीएको हो ।

अहेव पढेर सरकारी जागिर खाने बिजय पहिलो व्यक्ति - 2017-04-06
रौतहट २४ चैत्र / मधेशमा अति पिछडिएका डोम जातीको एक युवक अहेव पदमा सरकारी सेवामा प्रवेश गरेका छन । रौतहटको मिठुअवा–७ का विजय मलिक डोम जिल्ला कै पहिलो सरकारी जागिर खाने व्यक्ति भएको डोम समुदाय विकास केन्द्रले दावी गरेको छ ।

पुनःनिर्माण अभियानमा युवाहरुको सक्रियता - 2017-04-04
काठमाण्डौ २२ चैत्र / विपदमा परेका विद्यालय भवनहरुलाइ सहयोग गर्नु पर्छ भन्ने मान्यतालाई आत्म साथ गर्दै शिक्षा क्षेत्रमा काम गर्दै आएको सँस्था घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) महाभूमम्प पछि भत्किएका विद्यालय भवन पुनःनिर्माणमा अगाडि देखीएको छ ।

परीक्षा केन्द्र परीबर्तनको माग गर्दै गरुडामा प्रर्दशन - 2017-04-04
रौतहट २२ चैत्र परीक्षा केन्द्र अपाएक स्थानमा राखेको भन्दै गरुडामा बिधार्थीले प्रर्दशन गरेका छन । गरुडा उमाविका बिधार्थीले मंगलवार गरुडा बजारमा प्रर्दशन गरेका हुन ।

एमालेका युवाहरु द्धारा अग्नी पिडित लाइ राहात बितरण - 2017-04-04
कलमपाटी २२ चैत्र / शनिवार राति चन्द्रपुर ३ भोनटारमा आगलागी हुदा पिडित बनेकाहरु लाइ नेकपा एमालेका युवाहरु ले राहात संकलन गरेर बितरण गरेका छन ।

हात्ति सग सेल्फी खिच्न खोज्दा दुइ जनाको मृत्यू - 2017-04-04
सप्तरी २२ चैत्र / हाति नजिकै गएर सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परी मंगलबार सप्तरीमा दुई जनाको ज्यान गएको छ ।

हावाहुरी र असिनाले ४ करोड भन्दा बढीको क्षेती - 2017-04-04
रौतहट २२ चैत्र/ हावाहुरी र असिनापानीले रौतहटमा चार करोड भन्दा बढीको क्षेती पुर्याएको छ । रौतहटको चन्द्रपुर नगरपालिका, बृन्दाबन गाउपालिकाको मा ३ हजार भन्दा बढी घरमा क्षेती पुगेको छ ।

नापी सर्वेक्षक ठाकुर घुस रकम सहित पक्राउ - 2017-04-04
जनकपुर २२ चैत्र / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरलाइ घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748589 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top