समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

रौतहटको गढीमाई गाउपालीकामा ताला बन्दी - 2017-07-09
रौतहट स्थित गढीमाई गाउपालीकामा स्थानिय महिलाहरुले तालाबन्दी गरेका छन । गाउपालीकाका र्कमचारीले समाजीक सुरक्षा भाता र लक्षित वर्गको लाग आएको रकम समयमा नदिएको र अनियमितता गरेको भन्दै ताला लगाएका छन ।

नुनथरमा जताततै फोहोरै फोहेर - 2017-07-09
रौतहट २५ असार/ मध्य तराईकै स्थानीय पर्यटकको गन्तब्यको रुपमा रहेको नुनथर क्षेत्रको सरसफाईमा कसैले ध्यान नदिएको स्थानियले बताएका छन् ।

बागमती सफाइमा प्रबिधीको प्रयोग गरीने : मन्त्री साह - 2017-07-08
सहरी विकास मन्त्री प्रभु साह २ सय १७ औं हप्ताको बागमती नदी सफाई अभियानमा सहभागी भएका छन । मन्त्री साह शनिबार नयाँ पुल त्रिपुरेश्वर गुसिङ्गालमा सहभागी भएका हुन ।

चन्द्रनिगाहपुरका अधिकाश मासु पसलहरु अत्यन्त फोहोर ! - 2017-07-07
रौतहटको चन्द्रनिगाहपुरमा रहेका मासु पसलहरुको शुक्रवार अनुगमन गरीएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, जिल्ला पशु बिकास कार्यालय , चन्द्रपुर नगरपालिकाले सयुक्त रुपमा मासु पसलहरुको अनुगमन गरेका छन ।

ट्रकको ठक्कर बाट साह गम्भिर घाइते - 2017-07-07
चन्द्रनिगाहपुरमा ट्रकको ठक्कर बाट एक व्यक्ति गम्भिर घाइते भएका छन । पुर्ब पश्चिम महेन्द्र राजमार्गको चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा ट्रकको ठक्करबाट चटपटे व्यापारी रौतटहको पिपरापरोहा घर भएका हरिओम साह गम्भिर घाइते भएका छन ।

चुनावमा अन्र्तघात गरेको भन्दो हरीयो मोसो ! - 2017-07-05
बांकेको कोहलपुर नगरपालिकाको मेयरमा पराजित भएपछि नेपाल तरुण दलका युवाले नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सदस्य युवराज पौडेलमाथि र्दुव्यवहार गरेका छन ।

युएन पार्कको थप विकास गरिने - 2017-07-05
सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसंघ (युएन) पार्क क्षेत्रलाई व्यवस्थित बनउने प्रक्रिया सुरु गरेको छ ।

पूर्वतयारी सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न - 2017-07-05
मनसुन सकृय भएपछि रौतहटमा पुर्वतयारी सम्बन्धि एक दिने कार्यशला गोष्ठी सम्पन्न भएको छ । अक्सफामको सहयोग ग्रामिण विकास केन्द्र नेपालको सहकार्य तथा जिल्ला दैविक प्रकोप उदार समिति रौतहटको आयोजनामा आज बुधवार जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सम्पन्न भएको हो ।

पानीमा डुवेर दुइजना बालवालिकाको ज्यान गयो - 2017-07-01
रौतहट १७ असार / घर नजिकैको पानी जमेको खाल्टोमा डुवेर रौतहटमा दुइ जना बालबालिकाको मृत्यू भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748623 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top