समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

गगन थापालाई बम हान्ने धरौटीमा रिहा - 2018-01-06
निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

किन हुन्छ व्यक्ति हत्या ? - 2018-01-06
राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो । सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए ।

अज्ञात समूहको गोलीबाट फर्निचर व्यवसायी पौडेलको निधन - 2018-01-05
रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो।

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द - 2018-01-05
विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं र नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु - 2018-01-04
काठमाडौं र नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

आगो बाल्न दाउरा बाँड्दै सरकार : धुवाँ नै वायु प्रदूषणको प्रमुख कारक - 2018-01-04
तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ। वातावरणविद्ले धुवाँलाई वायु प्रदूषणको मुख्य कारक भनिरहँदा त्यसको विपरीत हुने गरी राज्यले आगो बाल्ने व्यवस्था गरेको हो।

रौतहटमा लागुऔषध सहित दुई जना पक्राउ - 2018-01-03
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आईतबार साझ दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रपुर न.पा वडा नं. ४ बस्ने मंगल बहादुर ठोकरको २६ बर्षिय छोरा सजिब लामा ठोकर र सोही ठाउँ निवासी सन्त बहादुर लोपचनको २५ बर्षिय छोरा अर्जुन लामा रहेका छन् ।

आगलागीमा गोठ र पाडी जल्यो - 2018-01-03
रौतहटमा भएको आगलागीमा गोठ र एउटा भैसीको पाडी जलेर मरेको छ । गढीमाई नगरपालिका २ समनपुर बस्ने श्रीराम साहको गोठमा घुरबाट आगलागी हुदा गोठ र एक पाडी जलेर करीब २ लाख रुपैया बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा बढ्दै छन् दिनदहाडै लुटपाटका घटना - 2018-01-03
सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाको बनौली निवासी जैतुन खातुन साउदीमा रहेका छोराले पठाइदिएको रकम झिक्न राजविराज आइन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748573 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top