भेट्टाएको दश तोला सुन फिर्ता

समाज

फोहोर नदीमा, लिजको जग्गा व्यर्थै



समाज प्रकाशित मिति:

जनकपुरधाम :
ल्यान्डफिल साइट बनाउनका लागि जनकपुर उपमहानगरपालिकाले जग्गा लिजमा लिइसके पनि फोहोर भने धार्मिक महŒवका नदीमा थुपार्ने काम भइरहेको छ । जनकपुर–२३ विन्धी टोल बेला भएर बग्ने दूधमती नदी फोहोरमैलाको अव्यवस्थित विसर्जनका कारण प्रदूषित हुनुका साथै थुनिन पुगेको छ ।

ल्यान्डफिल साइट व्यवस्थापनमा चासो नदेखाएका मेयर लालकिशोर साहको निर्देशनमा सफाइ कर्मचारीले नगरभरिको फोहोर उठाएर नदी किनारस्थित तीन बिघा क्षेत्रफलको श्मसानघाटमा थुपार्दै आएका थिए । तीन महिनादेखि फोहोर थुपारिन थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए । उनीहरूले वडाध्यक्ष शत्रुधन पाण्डेलाई घेराउ गरी जथाभावी फोहोर फाल्ने कार्य रोक्न र शमसानघाट सफा गराउन दबाब दिएका थिए । वडाध्यक्ष पाण्डेले असार २६ गते यथाशीघ्र श्मसानघाटको फोहोर हटाउने सम्झौतामा हस्ताक्षरसमेत गरेका थिए । तर, फोहोर उठाए पनि नजिकै बग्ने दूधमती नदीको मुहानमा थुपारिएपछि स्थानीयले आक्रोश जनाएका छन् ।

साउन महिनामा यो नदीमा नुहाएर महादेवस्थानमा जल चढाउन सयौं श्रद्धालु आउने गर्छन् । तर, फोहोरका कारण नदी गनाउन थालेपछि यो वर्ष साउने मेला प्रभावित हुने स्थानीय लक्ष्मी सहनी बताउँछन् । दूधमतीको महŒव रामायण र माता सीताको जन्मसँग जोडिएकाले सरसफाइका लागि स्थानीय बुद्धिजीवीले अभियान सञ्चालन गरिरहेका छन् । तर, मेयर साह र वडाध्यक्ष पाण्डेको मिलेमतोमा नदी प्रदूषण गर्ने काम भएपछि विरोध गरिएको गौं संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बताए । ‘यस्तो क्रियाकलाप नगर्न अनुरोध गर्दा मेयर साहले मलाई ज्यान मार्ने धम्की नै दिएका छन्’, उनले भने ।

देवस्थल वा श्मसानघाटमा फोहोर फाल्नु उचित नरहेको वडाध्यक्ष पाण्डेले स्वीकार गरे । ‘त्यहाँबाट फोहोर हटाउन उपमहानगरपालिकालाई पत्र पठाइसकेको छु’, उनले भने । दूधमतीको मुहान असली नदीको मुहान नरहेको जिकिर गर्दै उनले यो स्थानीयले सिँचाइका लागि प्रयोग गर्ने पानी रहेको बताए । स्थानीयकै सहयोगका लागि त्यसमा फोहोर थुपारेर बाटो बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

फोहोरमैला व्यवस्थापनका लागि एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ल्यान्डफिल साइट बनाउन २०७३ साल फागुन २० गते उपमहानगरपालिका र केन्द्रीय गुठी संस्थानबीच सम्झौता भई जग्गासमेत उपलब्ध भइसकेको छ । सम्झौताअनुसार धनुषाको प्रको महुवा भोइलमा १२ बिघा १० कट्ठा १६ धुर जग्गा २० वर्षका लागि लिजमा लिइएको छ । यो जग्गामा ल्यान्डफिल साइट निर्माण गर्न आयोजनाबाट ४८ करोड रकमसमेत छुट्याइएको जनाइएको छ ।

सम्झौताअनुरूप उपमहानगरपालिकाले जग्गाको उपयोग गरेबापत वार्षिक ४ लाख ५ हजार रुपैयाँका दरले संस्थानलाई भाडा बुझाउँदै आएको छ । तर, ल्यान्डफिल साइट निर्माणका लागि उपमहानगरपालिकाले पहल नगरेको जनाइएको छ । ल्यान्डफिल साइट बने फोहोरमैला व्यवस्थापनका नाममा उपमहानगरपालिकाबाट हुने अनियमितता र भ्रष्टाचारको बाटो बन्द हुने भएकाले त्यसतर्फ ध्यान नदिइएको सरोकारवालाको जिकिर छ । साभार अन्नपुर्ण
बिजुली चोर्ने वडा अध्यक्षलाइ नौ हजार जरीवाना - 2018-03-16
रौतहट २ चैत्र // बिधुत चोरी गर्दैगर्दा पक्राउ परेका वडा अध्यक्ष ९ हजार जरीवाना तिरे मुक्त भएका छन । गरुडा नपा ७ भिमडावरका वडा अध्यक्ष रामइश्वर राय यादवलाइ शुक्रवार बिहान जरीवना गरेर छाडिएको छ ।

सप्तरीका सामुदायिक विद्यालयमा मनोमानी : टिफिन टाइमपछि सँधै छुट्टी - 2018-03-16
सप्तरी : १ चैतको मध्यान्ह १२ः३० बजे । यो समयमा विद्यालयका हरेक कक्षाकोठामा पढाई भइरहेको हुनुपर्ने हो ।

एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सिआईबीको छापा - 2018-03-16
काठमाडौँः नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छापा मारेको छ ।

दाजुले चलाएको गोली लागेर भाईको मृत्यु - 2018-03-16
फुङलिङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ मा दाजुले चलाएको गोली लागेर भाईको मृत्यु भएको छ । २७ वर्षीय दाजु सुवास आङ्वुहाङले चलाएको गोली लागेर भाई २२ वर्षीय दिवस आङ्वुहाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चन्द्रपुरमा सडक अतिक्रमण हटाउने अभियान शुरु - 2018-03-15
रौतहट १ चैत्र// रौतहटको चन्द्रपुर नगरको मुख्य बजार क्षेत्रको अतिक्रमण हटाउने अभियान शुरु भएको छ । सडक क्षेत्रमा बनाएको संरचना समेत भत्काउन थालिएको छ ।

शुक्रवार चन्द्रपुर महोत्सवमा भोजपुरी गायक सुनिल पण्डीतले स्टेज तताउने - 2018-03-15
रौतहट १ चैत्र // चन्द्रपुर महोत्सवमा विहिवार गायक तथा गायीकाहरुले मनोरन्जन प्रदान गरेका छन । गायक रमेशराज भट्टराईले बेहुली बनाउछु भन्थेउ बहुला बनाएर गइ भन्ने गित गाउन साथ दर्शकहरु उत्साहित भएर नाच्न थालेका थिए ।

रौतहटकी महिला लगनखेल बाट हराइन - 2018-03-15
रौतहट १ चैत्र // अस्पतालबाट डिस्चार्ज हुने बितिकै लगनखेल बाट रौतहटकी एक महिला हराएकी छिन । रौतहटको चन्द्रपुर ८ सन्तपुर घर भएकी ५० बर्षिया नारायण गौतम हराएकी हुन ।

दुई लाख बालबालिका विद्यालय बाहिर: प्रदेश-२ लाई एउटा अँध्यारो उपहार - 2018-03-15
सरकारले सातवटै प्रदेशका अस्थायी मुकाम (राजधानी) तोकेलगत्तै प्रदेश–२ का प्रमुख दुई शहरमा ठीक विपरीत दृश्य देखापरे । जनकपुरमा हर्षोल्लासको माहोल देखाप¥यो भने वीरगञ्जमा चाहिं विरोधको स्वर गुञ्जियो ।

जग्गा प्लटिङ गर्न स्कुलको चौर बाट बाटो - 2018-03-15
रौतहट १ चैत्र // चन्द्रपुर नगरपालिकाको ८ नम्बर वडामा रहेको एक सामुदायिक विद्यालयको जग्गा मिचेर जग्गा प्लटिङ भएको छ । जग्गा पल्टिङमा जाने बाटो नभएपछि स्थानीय बालकल्याण आधारभुत विद्यालयको चौर बाट जमिन व्यवसायीले बाटो खोलेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1267166 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top