समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

खुर्पा प्रहारबाट पनौतीमा श्रीमान्को मृत्यु - 2017-07-27
बनेपा १२ साउन/ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ ।

लमजुङमा बस दुर्घटना, तीसजना घाइते - 2017-07-27
कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको मृत्यु - 2017-07-27
सुनसरीको बराह नगरपालिकामा एक क्लिनिक सञ्चालकको लापरवाहीले सुत्केरी महिलाको ज्यान गएको छ।

ह्याम्मरले हानेर श्रीमतीको हत्या - 2017-07-27
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता - 2017-07-27
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ

किसानहरु सिंचाई सुविधाबाट बंचित - 2017-07-27
रौतहट, १२ साउन / रौतहटको माधवनारायण गाउँपालिका अन्तर्गत पर्ने माधोपुरका किसानहरु सिंचाई सुविधाबाट बंचित भएका छन्

भारतीय चिकित्सकले शल्यक्रिया गरेका तीन नेपाली महिलाको मृत्यु - 2017-07-26
विगत एक महिनाको अवधिमा सीमावर्ती भारतीय बजारका क्लिनिकमा विभिन्न रोगको शल्यक्रिय गराएका पर्साका तीन महिलाको मृत्यु भएको छ।

होटल व्यवसायी संघको अध्यक्षमा गौतम - 2017-07-26
बर्दिबास ११ साउन/ प्रदेश नम्बर दुई स्तरीय होटल व्यवसायी संघको कार्य समिति गठन गरिएको छ।

नुवाकोटका पाण्डेको साउदीमा मृत्यु - 2017-07-26
श्रावण ११, २०७४ वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका विदूर नगर पालिका १० गेर्खुका शम्भु पाण्डे मृत फेला परेका छन । उनको शव साउदी समुन्द्री किनारमा फेला परेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748600 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top