logo
19 Oct 2018   |   
समाज

स्व. राम कुमार स्मृती प्रतिष्ठानको अध्यक्षमा बिनोदचन्द्र कोइराला



समाज   111 पटक पढिएको   कलमपाटी     
रौतहट १ कार्तिक // स्व. रामकुमार कोईराला स्मृती प्रतिष्ठानको बिहिवार नया कार्यसमिति चयन भएको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा चन्द्रपुर–७ बनबहुअरीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम को आयोजना गर्दै नया कार्यसमिति चयन गरेको हो ।



नया कार्यसमितीले अध्यक्षमा बिनोदचन्द्र कोईराला, उपाध्यक्षमा देबकी नेपाल, सचिबमा सुबास कोईराला, सहसचिबमा दिल बहादुर बस्नेत, कोषाध्यक्षमा सुबोध कोईराला, सदस्यहरुमा श्याम उप्रेती, केशब वाग्ले, बिष्णुहरी कोईराला, नीलहरी कोईराला, नरेनद्र चौधरी, देबराज अधिकारी, प्रमोद कोईराला, सपना सिबाकोटी, हरी घिमिरे, जयलाल चौधरी, मानानाथ पराजुला, श्याम फनैत चयन गरेको छ ।






कार्यक्रममा प्रमुख अतिथि देब प्रसाद तिमल्सेनाले स्व. राम कुमार कोईरालाको जीवनीको बिषयमा धारण राखेका छन ।

सो कार्यक्रममा प्रदेश सांसद धनलाल ठोकर, चन्द्रपुर नगरपालिकाका मेयर रामचद्र चौधरी, नेताहरु अनन्त कोईराला, उद्धब रेग्मि, देबकी नेपाल, चन्द्रपुर नगरपालिका वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेती, प्रेस युनियनका केन्द्रिय संचारकर्मी संजय कार्की, थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य अधिक लाल चौधरी, सुबलाल भागबत माध्यमिक बिद्यालय सन्तपुरका प्राध्यानाध्याप देबानन्द चौधरीले  प्रतिष्ठानको बारेमा चचर्चा गर्दै स्व. कोइरालाको जीवनीको बारेमा बेलेका छन ।

 प्रतिष्ठानका अध्यक्ष बिष्णुचन्द्र कोईरालाको सभापतित्वमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।












1781988 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top