समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

सिरहामा प्रहरीलाई गोली प्रहार गर्ने धनुषाबाट पक्राउ - 2017-11-27
सिराहामा गोली प्रहार गरेर फरार भएका ३ जानालाई धनुषा प्रहरीले सोमबार पक्राउ गरेको छ ।

विराटनगरमा शंकास्पद् वस्तु फेला - 2017-11-27
विराटनगर ४ स्थित एयरपोर्टछेउ नजिकमा रहेको हाम्रो अस्पतालनजिकै शंकास्पद वस्तु फेला परेको छ ।

मतपेटिका लक्षित गरी भोजपुरमा बम बिस्फोट - 2017-11-27
आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ ।

सर्वसाधारण तर्साउन चन्द्रनिगाहपुर चौकमा नक्कली बम - 2017-11-26
रौतहट १० मंसीर सर्वसाधारण लाइ तर्साउने मनसायले रौतहटको चन्द्रपुर नपा ४ स्थित चन्द्रनिगाहपुर चौकमा बम सते बस्तु राखिएको पाइएको छ ।

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर - 2017-11-26
सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।

सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर - 2017-11-26
सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ ।

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला ! - 2017-11-26
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।

बम फेला परेपछि स्थगित भएको हाङपाङमा पुनः मतदान सुरु - 2017-11-26
ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान प्रक्रिया सुरु भएको छ ।

निर्वाचनलाई लक्षित गरी नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा गस्ती - 2017-11-26
दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारतका सुरक्षाकर्मीहरुले आइतबारदेखि मोरङको दुवै देशको सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748570 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top