logo
24 Oct 2018   |   
राजनीति

नेकपाको सचिवालय बैठक आज पनि बस्दै



राजनीति   62 पटक पढिएको   कलमपाटी     
काठमाडौं, ५ कात्तिक /// नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सोमबार पनि बस्दैछ।बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

नेकपाको सचिवालय बैठक आज पनि बस्दै


दुई दिनसम्म चल्ने पार्टी कार्यालयको बैठकमा आइतबार केही विषय वस्तुमाथि छलफल भएको थियो।तिनै विषय वस्तुलाई निरन्तरता दिन सोमबार बैठक बस्न लागेको नेताहरुले बताएका छन्।

आइतबार बसेको सचिवालयको बैठकले काठमाडौं क्षेत्र न-७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो।बैठकले उनको राजीनामा अस्विकृत गरेपछि नेकपाको आन्तरिक द्वन्द्व अन्त्य भएको दाबी पार्टीस्रोतले गरेको छ।

यसअघि सचिवालय बैठकले आगामी १२ र १३ गते बस्ने स्थायी कमिटीको एजेन्डा तय गरेको छ। सचिवालयले पार्टी एकता र सरकारको समीक्षाबारे पनि सोमबारको बैठकमा छलफल गर्ने जानकारी गराएको छ। साभार अन्नपुर्ण









1788013 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top