logo
19 Feb 2019   |   
राजनीति

प्रदेश २ मा नेकपाको बढी सिट छ : पुर्व प्रधानमन्त्री नेपाल



राजनीति   32 पटक पढिएको   राकेश यादव      
रौतहट ७ फागुन नेकपाका नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रदेश २ मा नेकपाको बढी सिट रहेको बताएका छन ।

प्रदेश २ मा नेकपाको बढी सिट छ : पुर्व प्रधानमन्त्री नेपाल


संघमा पनि दुइ तिहाइको सरकार रहेको र प्रदेश २ मा नेकपाको ३२ सिट र त्यस पछि फोरमको रहेको बताएका छन । रौतहटको गौरमा मंगलवार राजदेवी मिडीया प्रालीले आयोजना गरेको महिला साइकल दौड प्रतियोगिताको समापनमा पुरस्कार बितरण गर्दै नेता नेपालले सो धारणा राखेका हुन । पुर्व प्रधानमन्त्री नेपालले सरकार प्रति लक्षित गर्दै भने घमण्डले ग्रसित हुन जरुरी नभएको बताएका छन । बिनम्रताले जनताको मन जित्न सकिने बताउदै जती घमण्ड बढ्दै जान्छ त्यतीनै जनता संगको दुरी बढ्दै जाने उनले बताएका छन । तराइ मधेश हुलाकी राजमार्ग, पुर्वपस्चिम रेल, बिधुत उत्पादन तथा पर्यटन प्रबर्धन , सामाजीक सुरक्षा कार्यक्रम, तराइ मधेश सम्बृद्धी कार्यक्रम लगाएतका योजनाहरु यस सरकारको एकबर्षमा नया कामको कोशीस भएको बताएका छन । कमजोरीहरु सरकारमा रहेको र त्यस लाइ सुधार गर्दै जानु पर्ने आफुले सुझाव दिदै आएको नेता नेपालको भनाइ छ । फोटो ः रौतहटको गौरमा भएको कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ।









2482003 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top