रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
आईपीएलको डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले - 2018-05-13
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् ।

राजस्थानले चेन्नईलाई हरायो, प्लेअफ पुग्ने संभावना बढ्यो - 2018-05-12
जयपुर : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि रोमाञ्चक जित हात पारेको छ। राजस्थानले शुक्रबार भएको खेलमा चेन्नईलाई ४ विकेटले पराजित गरेको हो।

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि, उपाधि उचाल्न लेसका क्याप्टेन पनि सहभागी - 2018-05-09
काठमाडौं : पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो ।

आईपीएलः सातौंपटक हार्‍यो बैंग्लोर, प्लेअफमा पुग्न मुस्किल - 2018-05-08
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको छ ।

मुम्बईले मार्यो बाजी, पन्जाबविरुद्ध ६ विकेटको जित - 2018-05-05
काठमाडौं : इन्डियन प्रिमियर लिग ९आईपीएल०मा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ ।

आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी - 2018-05-04
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

आईपीएल: धोनीले राखे सर्वाधिक रन बनाउने कप्तानको रेकर्ड - 2018-05-01
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्रसिंह धोनीले राखेका छन् । चेन्नाई सुपरकिंग्सका कप्तान धोनीले आईपीएलमा ३ हजार ३५६ रन बनाएका छन् ।

बार्सिलोना बन्यो ला लिगा च्याम्पियन, मेस्सीले गरे ह्याट्रिक - 2018-04-30
काठमाडौं : स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोना ला लिगामा २५ औं पटक च्याम्पियन बनेको हो ।

रियलले हरायो लेगानेसलाई, खेल सकिएपछि कप्तानलाई रातो कार्ड - 2018-04-29
काठमाडौं : खेल सकिएपछि खेलाडीलाई रेडकार्ड १ सुन्दा र पढ्दा अचम्म लाग्नसक्छ । तर शनिबार राति स्पेनिस ला लिगाको एक खेलमा यस्तै भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1371393 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top