रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

खेलकुद

युभेन्टसले किएभोलाई हरायो, रोनाल्डोको गोल खेर गयो



खेलकुद प्रकाशित मिति:

इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्टार स्ट्राइकर रोनाल्डोले डेब्यू गरेको यो खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले विजयी भयो ।

११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन ।

सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए । ५६ औं मिनेटमा किएभोले अग्रता लियो ।

पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २-१ को अवस्थामा पुर्‍याए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २-२ को बराबरीमा फर्कियो ।

इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।

तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३-२ को जीत दिलाउन सफल भए । साभार अनलाईन खबर
सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी - 2018-05-17
काठमाडौं सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । बिहीबार पल्सर स्पोर्टस अवार्डमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सन्दीपले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।

एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि - 2018-05-17
काठमाडौं : एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।

पन्जाबमाथि मुम्बईको ३ रनको रोमाञ्चक जित - 2018-05-17
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पन्जाबमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

कोलकातासँग राजस्थान ६ विकेटले पराजित - 2018-05-16
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

बैंग्लोरले पन्जाबलाई १० विकेटले हरायो, कोहलीले तोडे वार्नरको रेकर्ड - 2018-05-15
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।

सालहले पक्का गरे गोल्डेन बुट - 2018-05-14
काठमाडौं : यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद साहलले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै ४४ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

आईपीएलको डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले - 2018-05-13
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् ।

राजस्थानले चेन्नईलाई हरायो, प्लेअफ पुग्ने संभावना बढ्यो - 2018-05-12
जयपुर : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि रोमाञ्चक जित हात पारेको छ। राजस्थानले शुक्रबार भएको खेलमा चेन्नईलाई ४ विकेटले पराजित गरेको हो।

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि, उपाधि उचाल्न लेसका क्याप्टेन पनि सहभागी - 2018-05-09
काठमाडौं : पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1362122 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top