logo
14 Nov 2018   |   
खेलकुद

टि–ट्वान्टी महिला विश्वकपः पाकिस्तानद्वारा आयरल्यान्ड पराजित



खेलकुद   9 पटक पढिएको   कलमपाटी     
टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा पाकिस्तानले आयरल्यान्डलाई ३८ रनले पराजित गरेको छ ।

टि–ट्वान्टी महिला विश्वकपः पाकिस्तानद्वारा आयरल्यान्ड पराजित


बुधबार विहान सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डलाई पराजित गर्दै विश्वकपमा पहिलो जित समेत निकालेको हो । १ सय ४० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको आयारल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि आईसोबेल जोयसले ३० र क्लेयर सिलिङटनले २७ रनको योगदान दिए पनि आफुनो टिमलाई जित दिलाउन भने सकिनन् । बलिङतर्फ पाकिस्तानकी साना मिर, ऐमान अन्वेर, नश्रा सन्धु र आलिया रियाजले समान २–२ विकेट लिए ।

यसअघि प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । पातिस्तानका लागि कप्तान जाभिरिया खानले अविजित ७४ रन बनाए । त्यस्तै, आयसा जफरले २१ रनको योगदान दिएकी थिइन् ।

जितसँगै पाकिस्तानले ३ खेलबाट दुई अंक बनाएको छ । यसअघि पाकिस्तानले दुई खेल गुमाएको थियो । साभार अनलाईन खबर










1854602 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top