रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
स्वीडेनको विश्वकप सम्भावना कायमै, नेदरल्याण्ड्स संकटमा - 2017-10-08
स्वीडेनले लग्जम्बर्गमाथि गोलको वर्षा गर्दै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ भने नेदरल्याण्ड्सलाई संकटमा पारेको छ ।

रोनाल्डोको प्रेरणामा पोर्चुगलको विश्वकप छनौटको सपना कायम - 2017-10-08
अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेर गोल गर्दै क्रिस्टिायनो रोनाल्डोले पोर्चुगलको विश्वकपमा स्वतः छनौट हुने सम्भावना कायम राखेका छन् ।

ब्राजिलको टिम फोटोसेसनमा बोलिभियाली स्ट्राइकर कसरी अटाए ? - 2017-10-06
विश्वकप फुटबल दक्षिण अमेरिकी छनौट अन्तर्गत ब्राजिल र बोलिभियाबीचको खेल सुरु हुनुअघि एउटा अनौठो दृश्य देखियो ।

केनको गोलसँगै इंग्ल्याण्ड विश्वकपमा छनोट - 2017-10-06
ह्यारी केनले इन्जुरी टाइम (९४ औं मिनेट)मा गोल गरेसँगै इंग्ल्याण्ड विश्वकपमा छनोट भएको छ ।

विश्व कप फुटबल छनोट खेलको रौनक - 2017-10-05
विश्व कप छनोट फुटबलको बोलिभियाविरुद्घको छनोट खेलका लागि बुधबार अभ्यास गर्दै ब्राजिलियन टोलीका खेलाडी। ब्राजिलले शुक्रबार बोलिभियासँग उसैको मैदानमा विश्व कपको छनोट खेल खेल्दैछ। सोही दिन अर्जेन्टिनाले पनि घरेलु मैदानमा पेरुको सामना गर्दैछ।

केन भित्रयाउने प्रयासमा रियल - 2017-10-05
स्पेनिस क्लब रियल म्याड्रिडले टोटनह्यामका स्ट्राइकर ह्यारी केनलाई भित्रयाउने प्रक्रिया अगाडि बढाएको छ । युरोपेली खेलाडी किनबेच सिजन समाप्त भए पनि रियलले जनवरीमा केनलाई अनुबन्ध गर्न इंग्लिस क्लब टोटनह्यामलाई लोभ्याउने प्रारम्भिक रकम राखेको छ ।

२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेको दाबी - 2017-10-05
अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजनाको दाबी गरेका छन् ।

ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा - 2017-10-04
अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

विश्वकप छनोट फुटबल : प्रभावशाली खेलाडीको चोटले राष्ट्रिय टोली दबाबमा - 2017-10-04
अर्को वर्ष रूसमा आयोजना हुने विश्वकप फुटबलको छनोट चरणका खेल सञ्चालन भइरहेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1374776 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top