रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
नेपाल पुलिस र मध्यमाञ्चल विजयी - 2018-01-03
१६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो ।

एक बालक फ्यान, जसले विश्वलाई रुवाए - 2018-01-01
सन् २०१७ को यो अन्तिम क्षणमा सारा विश्व नयाँ वर्षको स्वागत गर्न आतुर छ ।

महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदै - 2017-12-31
सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौती - 2017-12-30
कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल०को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।

पराजुलीले जिते अन्तराष्ट्रिय गोल्ड - 2017-12-30
हालै भारतमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा रौतहट चन्द्रपुरका बिनोद पराजुलीले प्रथम स्थान हासिल गरेको छन् ।

ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुल्यो - 2017-12-28
जोस माउरिन्होले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोनालाई बाटो खुला गरिदिएका छन् ।

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता - 2017-12-14
रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

लिभरपुल र सेभिल अगाडि - 2017-12-08
लिभरपुल, सेभिल, साख्तर डोनेस्क र एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन् ।

बालोन डि’ओर अवार्ड रोनाल्डोलाई, मेस्सीसँग बराबरी - 2017-12-08
स्पेनिस जायन्ट रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले पाँचौं पटक बालोन डि’ओर अवार्ड जितेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1372568 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top