रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
विश्वकप छनोट : जिम्बाब्वेले टस जितेर ब्याटिङ रोज्यो - 2018-03-04
काठमाडौं : विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ क्विन्स स्पोट्र्स क्लबमा नेपालले फिल्डिङको निम्तो दिएको छ ।

विश्वकप छनौट : जिम्बावेविरुद्ध भिड्दै नेपाल - 2018-03-04
काठमाडौँ: एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्राको शुरुवात नेपालले आइतबार आफूभन्दा निकै बलियो टोली जिम्बावेविरुद्धको खेलबाट गर्दै छ ।

रियल मड्रिडलाई रोनाल्डोले जिताए - 2018-03-04
काठमाडौं : क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले गेटाफेलाई हराएको छ ।

लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो - 2018-03-04
काठमाडौँः सिजनको मध्यान्तरपछि राम्रो फर्मममादेखिएको लिभरपुलले न्यूक्यासल युनाइटेडलाई सजिलै पराजित गरेको छ ।

मेयर कपको दोस्रो खेलमा वडा नम्बर २ विजयी - 2018-02-26
रौतहट १४ फागुन // रौतहट जिल्लाको गौरमा युवा विकास केन्द्र गौरको आयोजनामा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को दोस्रो खेलमा वडा नम्बर २ को टिम विजयी भएको छ ।

आफ्नै मैदानमा आर्सनलको हार, अन्तिम १६ मा स्थान सुरक्षित - 2018-02-23
काठमाडौं: युरोपा लिग फुटबलमा पराजित भए पनि आर्सनलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

अस्ट्रेलियाले जित्यो त्रिकोणात्मक टी–२० सिरिज, फाइनलमा न्युजिल्यान्ड पराजित - 2018-02-22
इंग्ल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्ड बीचको त्रिकोणात्मक टी–२० सिरिज अस्ट्रेलियाले जितेको छ। अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई डिएल मेथडमा १९ रनले पराजित गरेको हो।

रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो - 2018-02-22
काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

हारबाट जोगियो बार्सिलोना, चेल्सीसँग बराबरी - 2018-02-21
काठमाडौं : च्याम्पियन्स लिग फुटबलअन्तर्गत बार्सिलोना र चेल्सीले एक-एक गोलको बराबरी खेलेका छन् । अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति यी दुई टिम भिडेका थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1371412 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top