राजनीति

प्रदेश २ को बजेट प्रस्तुत, 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रममा डेढ करोड



राजनीति प्रकाशित मिति:

धनुषा:
प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ ५७ करोड ८० लाख ३१ हजार रुपैयाँ अर्थात् ५६ दशमलब ६४ प्रतिशत र पुँजीगततर्फ ४४ करोड २४ लाख ६८ हजार रुपैयाँ अर्थात् ४३ दशमलव ३६ प्रतिशत छ। 
प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पुँजीको परिचालन, रोजगारी सिर्जना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ। 

चालु आर्थिक वर्षको बजेटमा सुशासन, नीतिगत, कानुनी र संरचनागत पूर्वाधार निर्माण, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, समाजिक सुरक्षा, संघ र स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारीको संस्कृति विकास, सार्वजनिक खर्चमा वित्तीय अनुशासन र पारदर्शिता, वातावरणीय स्वच्छता अभिवृद्धि प्रदेशको ऐतिहासिकताको संरक्षण र प्रवर्द्धन, प्रकोप व्यवस्थापन, महिला सशक्तीकरण र क्षमता विकास तथा प्रदेश प्रोफाइल निर्माणलाई प्राथमिकतामा राखिएको छ। 

प्रस्तुत बजेटमा 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रम अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि एक करोड ५० लाख रुपैयाँ, 'किसानको हितः सरकारको जित' कार्यक्रम अन्तर्गत कृषि क्षेत्रका विकासका लागि नौ करोड, राहत तथा पुनः स्थापना अन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित पीडितको तत्काल उद्धार, राहत र उपचारका लागि प्राकृतिक विपद् व्यवस्थापन कोष स्थापनाका लागि रु दुई करोड, मुख्यमन्त्री राहत तथा पुनः स्थापना कोषका लागि रु पाँच करोड, जंगली जनावरको आक्रमणबाट हताहत भएका नागरिकका परिवारजनको राहत तथा पुनः स्थापनाका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

यस्तै, मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानका लागि ८० लाख, संसद् विकास कोषअन्तर्गत प्रत्येक सांसदलाई १०/१० लाखका दरले १० करोड ७० लाख रुपैयाँ तथा दुई वा दुईभन्दा स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति र मर्मतसम्भारका लागि चार करोड ८० लाख रकम विनियोजन गरिएको छ। 

प्रस्तुत बजेटमा नयाँ कर लगाइएको छैन भने सरकारले उपलब्ध गराएको बजेटकै आधारमा बजेट बनाइएकाले यथार्थपरक रहेको बताइएको छ। 

मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यको टेबुल समेत गरिएको छ। अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। (रासस)

सरकार विस्तारका लागि ओली-प्रचण्डको छलफल बालुवाटारमा - 2018-02-21
काठमाडौं : सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।

नेपाल कम्न्युष्ट पार्टी बन्छ : एमाले बरिष्ठ नेता नेपाल - 2018-02-19
रौतहट ७ फागुन// पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र मिलेर बनेको सरकारले आलोपालो सरकार चलाउने चर्चा वाहिर आउन नहुने बताएका छन ।

एकता संयोजन समितिको बैठक बस्दै - 2018-02-19
काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन सोमबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै - 2018-02-18
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार सर्ने भएका छन् । ओली आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटार सर्ने कार्यक्रम तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा झा नियुक्त - 2018-02-18
काठमाडौं : प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।

प्रचण्ड बने संसदीय दलको नेता - 2018-02-18
काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चयन गरेको छ ।

प्रधानमन्त्री ओलीलाई बधाईकाे अाेइराे, क-कसले दिए बधाई ? - 2018-02-17
काठमाडौँ : नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन् । छिमेकी देशले त उहाँसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन् ।

एकता टुंग्याउन प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता - 2018-02-17
भक्तपुर : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

स्कटिङ बिनै हिड्छन् मुख्यमन्त्री - 2018-02-17
जनकपुरधाम : प्रदेश नम्बर दुईमा मुख्यमन्त्री तथा मन्त्रीहरुको पदभार ग्रहण भईसकेपनि सुरक्षाको भरपर्दो व्यवस्था हुन सकेको छैन्। मुख्यमन्त्री तथा मन्त्रीहरुको सुरक्षाका लागि स्कटिङमा प्रहरी नै खटाइएको छैन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 NEXT

English News



1017701 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top