राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

एमाले–माओवादी एकताका लागि संयोजन समितिको बैठक बालकोेटमा - 2018-01-09
झण्डै साढे तीन महिना अघि (असोज १७) पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादीको पार्टी एकताका लागि गठन भएको संयोजन समितिको बैठक आज बस्दैछ ।

वीरगन्जको पक्षमा बाराका अगुवा - 2018-01-08
प्रदेश २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै शुक्रबारदेखि जारी रिले अनशनमा बाराका दल र नागरिक समाजका अगुवा पनि सहभागी भएका छन् । वीरगन्जमा जारी अन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बाराका अगुवा आइतबार अनशन बसेका हुन् । आइतबार तेस्रो दिनको रिले अनशनमा बाराका १४ जना बसे ।

मन्त्री प्रभुु साहद्धारा मन्दिर निर्माणमा ५ लाख सहयोग गर्ने - 2018-01-07
मौलापुर २३ पुस // बिना बिभागिय मन्त्री प्रभुु साहले गृहजिल्ला रौतहट स्थित फतुुवा बिजयपुर नगरपालिका १० दुुधिअवामा मुुक्तेश्वर महादेव मन्दिर निर्माणका लागी ५ लाख रुपैया दिने घोषण गरेका छन ।

कटहरिया नगरपालिका द्धारा प्रत्येक वडामा २५ हजारको दाउरा - 2018-01-07
रौतहट २३ पुुस रौतहटको कटहरिया नगरपालिकाले प्रत्येक वडामा २५ हजारका दरले दाउरा बाल्ने निर्णय गरेको छ ।

एकै वडाका दुई महिला बेपत्ता - 2018-01-03
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–९ भलवाडका दुई महिला दुई हप्तादेखि बेपत्ता भएका छन्।

मधेसमा न्यानो लुगा र आगो ताप्ने दाउरा उपलब्ध गराउन माग - 2018-01-03
संघीय समाजवादी फोरम नेपालले शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग माग गरेको छ ।

प्रचण्डलाई फकाउन को–को सक्रिय ? - 2018-01-03
यति बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन केही शक्ति केन्द्र र नेताहरू निकै सक्रिय देखिएका छन् ।

सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै - 2018-01-02
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ।

दुई नम्बर प्रदेशको मुख्यमन्त्री को ? यस्ता छन् दाबेदार - 2018-01-01
प्रदेश नम्बर २ मा स्पष्ट बहुमत ल्याएका धेसवादी दलको सरकार बन्ने सम्भावना करिब पक्का जस्तै छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको गठनबन्धनले प्रदेश २ मा स्पष्ट बहुमत ल्याएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748578 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top