राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

खाउ पकाउमा सरकारको नौ महिना बित्ने : संसद साह - 2016-10-30
कलमपाटी १४ कार्तिक पुर्वमन्त्री एवं संसदका अन्तरराष्ट्यि श्रम संगठनका सभापती प्रभु साहले बर्तमान सरकारको खाने र देखाउने दाँत छुटाछुटै रहेको टिप्पणी गरेका छन ।

डोमको घरमा बिजुली मिटर जडान गर्छु : उर्जा राज्यमन्त्री भगत - 2016-10-29
कलमपाटी १३ कार्तिक डोमको घरमा बिउर्जा राज्यमन्त्री सत्यनारायण भगतले गरीविको चपेटामा रहेको डोम जातीको घरमा बिजुली मिटर जडान गर्ने बताएका छन ।

भारतिय राष्ट्रपतिको नेपाल भ्रमण तालिका - 2016-10-29
काठमाण्डौ १३ कार्तिक / कार्तिक १७ देखि १९ गते सम्म हुने भारतिय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले शनिवार सार्वजनीक गरेको छ ।

सार्वजनिक बिदा दिनु अनुपयुक्त : नेता श्रेष्ठ - 2016-10-28
काठमाण्डौ १२ कार्तिक नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारत र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमणको समयमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको बिरोध गरेका छन ।

काग्रेस संग छलफल भएन : बनमन्त्री शंकर भण्डारी - 2016-10-26
कलमपाटी १० कार्तिक वन तथा भु संरक्षण मन्त्री शंकर भण्डारीले नेपाली काग्रेस संग छलफल नै नगरी अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त विरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन ।

एमाले चन्द्रपुर ९ को अधिवेशन सम्पन्न - 2016-10-25
कलमपाटी ९ कार्तिक नेकपा एमाले चन्द्रपुर नपा वडा न ९ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । श्याम श्रेष्ठको अध्यक्षतामा चन्द्रपुर नपा ९ मा मंगलवार वडा अधिवेशन सम्पन्न भएको हो ।

एमाले चितवन जिल्ला अध्यक्षमा पोखरेल विजयी - 2016-10-25
चितवन ९ कात्तिक नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी जगन्नाथ थपलियालाई १एकसय ४२ मतले पछाडी पार्दै पोखरेल विजयी भएका हुन् ।

चैत्र भित्र स्थानिय निकायको निर्वाचन हुनुपर्ने :गच्छदार - 2016-10-24
कलमपाटी ८ कार्तिक मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पस्ने बताएका छन ।

अख्तियार प्रमुख कार्की बिरुद्धको प्रस्ताव माथी मंगलवार छलफल - 2016-10-23
कलमपाटी ७ कार्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोक कमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल शुरु हुने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748542 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top