चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु

राजनीति

मलेठ घटनाको प्रतिवेदनविरुद्ध राजपा आन्दोलित



राजनीति प्रकाशित मिति:

सप्तरी :
सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै राष्टिय जनता पार्टी (राजपा) सप्तरीले आन्दोलन घोषणा गरेको छ ।

आयोगले दिएको प्रतिवेदन घटनाविपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने माग राख्दै राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो । लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो ।

तर राजपाले रिपोर्ट गलत भएको भन्दै खारेजीको माग गरेको छ । उसले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

राजपा सप्तरीका सह–महासचिव गजेन्द्रकुमार मण्डलले शुक्रबार घटना भएको मलेठस्थित रुपनी रोडमा बिहान ८ देखि ९ बजेसम्म धर्ना दिइएको जानकारी दिए । उनका अनुसार आजै दिउँसो राजविराजको जनआन्दोलन चोकमा सार्वजनिक गरिएको प्रतिवेदन जलाउने र कोणसभाको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार दिन दिनको १ बजे रुपनी बजारको बजार सेटमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको वृहत भेला गरी थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । साभार अनलाईन खबर
प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा - 2017-07-27
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ

नयाँ शक्ति पार्टी देशलाई निकास दिने वैकल्पिक शक्ति : भट्टराई - 2017-07-26
श्रावण ११, २०७४ नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

कांग्रेसका १० मन्त्रीः प्रचण्डलाई हराउनेदेखि गिरिजालाई गलाउनेसम्म - 2017-07-26
१० साउन, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो ।

मन्त्रीको टुंगो लागेपनि मन्त्रालयको टुंगो अझै लागेन - 2017-07-26
काठमाण्डौ ११ साउन/ सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएपनि सत्तारुढ दलहरु कसलाई कुन मन्त्रालय दिने भन्नेमा अझै टुंगोमा पुग्न सकेका छैनन् ।

डेढ महिनापछि सरकार विस्तारको तयारी, यी हुन् नयाँ मन्त्री - 2017-07-26
११ साउन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।

संशोधनको बालहठले संगठन सकिने भयो, अब चुनावमा जाऔँ - 2017-07-25
राष्ट्रिय जनता पार्टी नेपालमा तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिन दबाब बढेको छ

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री - 2017-07-25
श्रावण १०, २०७४ / नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ ।

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग - 2017-07-24
काठमाडौ ९ साउन नेपाल महिला सङ्घले मन्त्रिपरिषदमा३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ। सङ्घले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो।

राजनीतिको निशानामा प्रदेश नम्बर २ - 2017-07-23
काठमाडौ ८ साउन/ राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टी [राजपा] तेस्रो चरण निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । सरकारसँग आफ्ना मागबारे संवाद पनि जारी राखेको राजपा निर्वाचन आयोगमा दर्ता भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1267221 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top