चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु

राजनीति

मलेठ घटनाको प्रतिवेदनविरुद्ध राजपा आन्दोलित



राजनीति प्रकाशित मिति:

सप्तरी :
सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै राष्टिय जनता पार्टी (राजपा) सप्तरीले आन्दोलन घोषणा गरेको छ ।

आयोगले दिएको प्रतिवेदन घटनाविपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने माग राख्दै राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो । लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो ।

तर राजपाले रिपोर्ट गलत भएको भन्दै खारेजीको माग गरेको छ । उसले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

राजपा सप्तरीका सह–महासचिव गजेन्द्रकुमार मण्डलले शुक्रबार घटना भएको मलेठस्थित रुपनी रोडमा बिहान ८ देखि ९ बजेसम्म धर्ना दिइएको जानकारी दिए । उनका अनुसार आजै दिउँसो राजविराजको जनआन्दोलन चोकमा सार्वजनिक गरिएको प्रतिवेदन जलाउने र कोणसभाको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार दिन दिनको १ बजे रुपनी बजारको बजार सेटमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको वृहत भेला गरी थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । साभार अनलाईन खबर
लिपुलेकबारे नेपालले कुरा राख्नुपर्छु - 2017-08-08
सरकारले स्पष्ट रूपमा चीन र भारतबीच दुई वर्षअघि लिपुलेकको विषयमा भएको सहमतिले नेपालको सार्वभौमिकता हनन भएको विषय पुनः उठाउनुपर्ने आवाज उठेको छ

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा - 2017-08-08
प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

भरतपुर महानगरमा एमाले जनप्रतिनिधिले लिए सपथ - 2017-08-07
मतपत्र च्याँत्नेसँगै बसेर सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले सोमबार अलग्गै सपथ लिएका छन् ।

पहिरो पीडितलाई घर बनाउन पाँचलाख दिने घोषणा - 2017-08-05
रामेछापको खिम्तीमा गएको पहिरोबाट विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माणको लागि सरकारले पाँच लाख रुपैया सहयोग गर्ने भएको छ

भरतपुर महानगरपालिका मेयरमा देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर चार - 2017-08-05
भतरपुर महानगरपालिका वडा नम्बर २० को १६ सय मत गणना हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल बीचको मतअन्तर चार पुगेको छ

वडा नः १९ मा रेणुले भोट थपिन्, मतान्तर २२१ मा सिमित - 2017-08-05
भरतपुर महनगरपालिका वडा नं १९ को मतगणना सकिँदासम्म नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले २२१ मतको अग्रता कायम भएको छ ।

भरतपुर १९ मा दुई हजार मत गणना, ४१७ ले रेणु पछाडी - 2017-08-05
भतरपुर महानगरपालिकाको वडा नं। १९ मा दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्

छाता ओढेर मतदान गर्दै भरतपुर १९ का मतदाता - 2017-08-04


भरतपुर–१९ मा मतदान सुरु स् उम्मेदवार माओवादी र एमालेका, भर कांग्रेस मतदाताको - 2017-08-04
भरतपुर महानगरपालिका–१९ मा आज पुनः निर्वाचन सुरू भएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1267234 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top