चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु

राजनीति

मलेठ घटनाको प्रतिवेदनविरुद्ध राजपा आन्दोलित



राजनीति प्रकाशित मिति:

सप्तरी :
सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै राष्टिय जनता पार्टी (राजपा) सप्तरीले आन्दोलन घोषणा गरेको छ ।

आयोगले दिएको प्रतिवेदन घटनाविपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने माग राख्दै राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो । लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो ।

तर राजपाले रिपोर्ट गलत भएको भन्दै खारेजीको माग गरेको छ । उसले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

राजपा सप्तरीका सह–महासचिव गजेन्द्रकुमार मण्डलले शुक्रबार घटना भएको मलेठस्थित रुपनी रोडमा बिहान ८ देखि ९ बजेसम्म धर्ना दिइएको जानकारी दिए । उनका अनुसार आजै दिउँसो राजविराजको जनआन्दोलन चोकमा सार्वजनिक गरिएको प्रतिवेदन जलाउने र कोणसभाको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार दिन दिनको १ बजे रुपनी बजारको बजार सेटमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको वृहत भेला गरी थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । साभार अनलाईन खबर
रौतहटमा भारतिय सवारी साधन चलाउनमा रोक - 2017-12-06
रौतहट २० मंसीर // प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी रौतहट जिल्लामा भारतिय नम्वरका गाडीहरु चलाउन रोक लगाइएको छ ।

रौतहटमा मतदानस्थल बनाउने काम तिव्र - 2017-12-06
चन्द्रपुर २० मंसीर // रौतहट जिल्लाको अधिकाश मतदान स्थलहरुको तयारी पुरा भएको छ । सुरक्षाकर्मी कर्मचारीहरु मतदान स्थलहरुमा सोमवार देखि नै खटिएका छन ।

‘रक्सी र मासुमा भोट साट्ने दिन गए’ - 2017-12-06
महोत्तरी २० मंसीर // निर्वाचनमा कसरी मतदान कसरी गर्नुहुन्छ भनेर सोध्दा बर्दिबासका बिल्टु सदा (मुसहर)ले अनुभव पो सुनाउन थाले । ‘मलाई लाग्छ, २०६४ सालको संविधानसभा निर्वाचन थियो’, उनले भने, ‘हाम्रो बस्तीमा दिनपिच्छे रक्सी र मासुको भोज चलेको थियो ।’

मतदाता भन्छन: के को चुवानमा भोट दिने थाहा छैन ! - 2017-12-02
रौतहट १६ मंसीर// रौतहट को दलित बसितका निरक्षर मतदाताहरु लाइ के को चुनाव हुदै छ भन्ने थाहा छैन । भोट हाल्ने दिन केहि दिन मात्रै बाकी हुदा पनि चुनाव के को भन्ने सिकाउन बस्तिहरुमा कोही पुगेका छैनन ।

रौतहट ४ नम्वरमा बाम गठबन्धनमा समर्थन र प्रवेश व्यापक - 2017-12-02
रौतहट १६ मंसीर // रौतहटको क्षेत्र नम्वर ४ का बाम गठबन्धनका उम्मेदवारहरु लाय जिताउनका लागी व्यापक जन समर्थन हुदै आएको छ ।

कांग्रेसका कार्यकर्ता बाम गठबन्धन मा प्रवेश - 2017-12-02
रौतहट १६ मंसीर रौतहट संबिधानसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस लाई ठुुलो झटका लागेको छ । नेपाली कांग्रेसका लामो ईतिहाँस बोकेका दर्जनौ कार्यकर्ता बाम गठबन्धनमा प्रवेस गरेका छन ।

रौतहटमा सवैदलको चुनावी अभियान तिब्र - 2017-12-02
रौतहट १६ मंसीर // मतदानको मिति नजिकिँदै जाँदा रौतहट जिल्लामा बिभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले प्रचारप्रसारलाइ तिब्र बनाउदै आएका छन ।

प्रधानमन्त्री देउवा निवासनजिकै बम विष्फोट - 2017-12-02
प्रधानमन्त्री शेरबहादुर देउवा निवास नजिकै बम विष्फोट भएको छ । बम विष्फोटको आवाज आएपछि प्रहरी घटनास्थलतर्फ गएको छ ।

उम्मेदवारको घरमा प्रेसर कुकर बम - 2017-12-02
अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ। सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराउदा कुकरभित्र माटो भरेको अवस्थामा भेटिएको उम्मेदवारका छोरा लब बिष्टले जानकारी दिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1267215 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top