राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

भरतपुर महानगरको विवाद, सर्वोच्चमा बहस - 2017-06-05
भरतपुर महानगरपालिका वडा नम्बर १९ को विवादको बिषयको सर्वोच्च अदालतमा बहस चलिरेको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई शुरु भएको हो ।

राजपा निर्वाचन आयोगमा - 2017-06-05
निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।

चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु - 2017-06-04
नेकपा एमालेले रौतहटको चन्द्रपुर नगरपालिका १ मा निर्वाचन परीचालन सम्पर्क कार्यालयको उद्घाटना गरेको छ । एमालेको रौतहट जिल्ला सचिव लक्ष्मण रेग्मीको प्रमुख आतिथ्यमा सम्पर्क कार्यालय स्थापना भएको हो ।

निर्वाचान आयोगको निर्णय अस्विकार्य :एमाले - 2017-06-03
प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको निर्णय स्विकार्य नहुने जनाएको छ ।

भरतपुरमा पुन मतदान हुने आयोगको निर्णय - 2017-06-03
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । अनाधिकृत रुपमा मतगणना स्थल कब्जा भएको पुष्टि भएको भन्दै निर्वाचन आयोगले पुन मतदान गर्ने जनाएको हो ।

चन्द्रपुर ६ मा एमालेका वडा अध्यक्षका उम्मेदवार कुश्वार - 2017-06-03
चन्द्रपुर ६ मा एमालेले खड्ग कुस्वार लाइ वडा अध्यक्षको उम्मेदवार छनौट गरेको छ । तात्कालिन चन्द्रनिगाहपुर गाबिसको २,४,५ र ६ वडा मिलाएर बनाइएको चन्द्रपुर ६ को वडामा कुस्वार अध्यक्षको उम्मेदवार बनेका छन ।

९ गते बाट असार १४ मा सर्यो चुनाव - 2017-05-31
सरकारले असार १४ गते दोस्रो चरणको निर्वाचन को मिति तय गरेको छ।

चन्द्रपुर २ मा एमाले बाट अध्यक्षमा बिर्ख घिसिङ्ग उम्मेदवार - 2017-05-31
रौतहटको चन्द्रपुर नपा २ नम्वर वडामा नेकपा एमालेले बिर्ख वहादुर घिसिङ्ग लाइ अध्यक्षको उम्मेदवार बनाएको छ ।

मुस्लिम समुदायको मुख्य पर्वमा चुनाव राखिनु आपत्ती : एमाले - 2017-05-30
प्रमुख विपक्षी नेकपा एमालेले मुस्लिम समुदायको मुख्य पर्व जुमा अल बिदाको दिन पारेर दोस्रो चरणको निर्वाचनको मिति तोकिएको भन्दै आपत्ति जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748587 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top