राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

पहिरो पीडितलाई घर बनाउन पाँचलाख दिने घोषणा - 2017-08-05
रामेछापको खिम्तीमा गएको पहिरोबाट विस्थापित भएका परिवारलाई स्थायी आवास निर्माणको लागि सरकारले पाँच लाख रुपैया सहयोग गर्ने भएको छ

भरतपुर महानगरपालिका मेयरमा देवी ज्ञवाली र रेणु दाहालको मतअन्तर चार - 2017-08-05
भतरपुर महानगरपालिका वडा नम्बर २० को १६ सय मत गणना हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल बीचको मतअन्तर चार पुगेको छ

वडा नः १९ मा रेणुले भोट थपिन्, मतान्तर २२१ मा सिमित - 2017-08-05
भरतपुर महनगरपालिका वडा नं १९ को मतगणना सकिँदासम्म नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले २२१ मतको अग्रता कायम भएको छ ।

भरतपुर १९ मा दुई हजार मत गणना, ४१७ ले रेणु पछाडी - 2017-08-05
भतरपुर महानगरपालिकाको वडा नं। १९ मा दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्

छाता ओढेर मतदान गर्दै भरतपुर १९ का मतदाता - 2017-08-04


भरतपुर–१९ मा मतदान सुरु स् उम्मेदवार माओवादी र एमालेका, भर कांग्रेस मतदाताको - 2017-08-04
भरतपुर महानगरपालिका–१९ मा आज पुनः निर्वाचन सुरू भएको छ

वीरगञ्जमा एमाले उम्मेदवारः मेयरमा बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस - 2017-08-03
नेकपा एमालेले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर उम्मेदवार टुंगो लगाएको छ ।

फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा निरब पक्राउ - 2017-08-02
सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेको छ ।

काँग्रेस – माओवादी केन्द्र गठबन्धन विजयी - 2017-08-02
जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748558 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top