राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

नेकपा एमाले र माओवादी केन्द्र द्धारा राहत र उद्धारको माग - 2017-08-12
बाढी र डुवानका कारण पिडित बनेको सर्वसाधरण लाइ उद्धार गर्न तथा राहत उपलव्ध गराउन नेकपा एमाले तथा माओवादी केन्द्र रौतहटले माग गरेको छ ।

कोशीका सबै ढोका खोल्न नेपालद्धारा भारतलाई आग्रह - 2017-08-12
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीको बहावमा उच्च जोखिम देखिएपछि कोशी व्यारेजका सबै ढोका खोल्न भारतलाई आग्रह गरेका छन् ।

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले - 2017-08-12
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनाद्र्धन शर्मासहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएका छन् ।

डा. केसीको माग सम्बोधन हुने गरी विधेयक पारित - 2017-08-11
संसदीय समितिले प्राध्यापक डा। गोविन्द केसीको माग सम्बोधन हुने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश - 2017-08-11
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

सधैं बागीले जित्ने जनकपुरमा कांग्रेसलाई मेयर छान्नै सकस - 2017-08-10
बहुदलपछिका दुईवटै स्थानीय चुनावमा जनकपुर नगरपालिका मेयर र उपमेयर कांग्रेसका बागी उम्मेदवारले जितेका थिए। बितेका २० वर्षमा जनकपुर धेरै फेरिएको छ। बागी उम्मेदवारलाई जिताउने जनकपुर मुलुककै बागी प्रदेशको महत्वपूर्ण नगर बनेको छ( संविधान र संघीयतामा असन्तुष्टि राखेर विद्रोह गरिरहेको प्रदेश नम्बर २ को यो महत्वपूर्ण नगरमा आसन्न स्थानीय चुनावका उम्मेदवार कस्ता होलान् र कसले जित्लान्?

लिपुलेकबारे नेपालले कुरा राख्नुपर्छु - 2017-08-08
सरकारले स्पष्ट रूपमा चीन र भारतबीच दुई वर्षअघि लिपुलेकको विषयमा भएको सहमतिले नेपालको सार्वभौमिकता हनन भएको विषय पुनः उठाउनुपर्ने आवाज उठेको छ

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा - 2017-08-08
प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

भरतपुर महानगरमा एमाले जनप्रतिनिधिले लिए सपथ - 2017-08-07
मतपत्र च्याँत्नेसँगै बसेर सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले सोमबार अलग्गै सपथ लिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748552 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top