राजनीति

मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी



राजनीति प्रकाशित मिति:

रौतहट २ माघ
रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित संसद प्रभुु साहले आधुुनिक प्रविधिको प्रयोग गर्दै अगाडी बढेमा मात्र रौतहटको विकास द्रुतगतीमा अगाडी बढ्ने बताएका छन ।

मौलापुुर नगरपालिकाको मंगलवार प्रथम अधिवेशनको उदघाटन पश्थात कार्यक्रमलाई संबोधन गर्दै संसद साहले मानव सुुचकांकमा समेत पुुच्छारमा रहेको यस जिल्लालाई अग्रगतीमा ल्याउन सबै नागरिक आ आफना स्थान बाट सकृय भएर लाग्नु पर्ने बताएका छन ।

शिक्षा,स्वास्थ्यको विकास पछी सडक सञ्जाल,बजार ब्यवस्थापन र शहरीकरण मार्फत क्षेत्रको विकास गरेर जिल्ला र क्षेत्रलाई मानव सुुचकांकमा अगाडी ल्याउने योजना रहेकाले सहयोग गर्न सांसद प्रभुु साहले सबैलाई आग्रह गरेका छन ।

कार्यक्रममा बिधानसभा निर्वाचन क्षेत्र नम्बर ख का बिधायक कुुन्दन कुुश्वाहाले क्षेत्रको प्रत्येक गाँउमा नाला र पक्की सडक नै आफनो पहिलो प्राथमिकता  रहेको बताएका छन ।

मौलापुर नगरपालिकाका मेयर रनिा देवी साहले आफनो कार्यकालमा सम्पुुर्ण नगरलाइ नमुना रुपमा विकास गरेर महिला कुुनै अर्थमा पछी नरहेको देखाएर छोड्ने दावी गरेकी छिन ।

 विकासका साथै महिलाको विकासका निमित खास रुपमा लाग्ने मेयर साहले प्रतिवद्धता जानाएकी छिन ।

नगरपालिकाका कार्याकारी अधिकृत  प्रमोद कुुमार साहले बिभिन्न शिर्षकमा ३५ करोड १९लाख ४८हजारको बजेट प्रस्तुत गरेका छन ।


केपी ओलीले भने- क्याङक्याङ कुङकुङले केही हुँदैन, अब नेपाल अगाडि बढ्छ - 2017-12-30
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब संविधान बनिसकेको र चुनावसमेत भइसकेको अवस्थामा कसैले अलिअलि ‘क्याङक्याङ कुङकुङ’ गरे पनि देश अघि बढ्ने बताएका छन् ।

गाउँपालिकाको नाम परिवर्तन विरुद्ध यातायात बन्द - 2017-12-30
गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय फिर्ताको माग गर्दै शनिबार बिहानदेखि पूर्वी र पश्चिम रोल्पामा यातायात बन्द गरिएको छ। विरोधमा उत्रिएको समूहले सुकिदह गाउँपालिका कार्यालय र वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्।

कामचलाउ सरकार सत्ता लम्ब्याउन कानुनविपरीत काम गर्दैछ : ओली - 2017-12-30
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना सन्देश दिने क्रममा वर्तमान सरकारप्रति आक्रोश पोखेका छन्।

कसले रोक्दैछ केपी ओलीलाई ? यसो भन्छन् उनी - 2017-12-29
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् ।

अध्यक्षसँग झगडा गर्दा मन्त्री पद खुस्कियो - 2017-12-29
सहरी विकासमन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन्।

०३८ सालदेखि एउटै वडाध्यक्ष - 2017-12-29
०३८ सालमा पहिलोपटक वडाध्यक्ष भएका चापागाउँ( ११ का ५९ वर्षीय नीलबहादुर देसार मुलुक गणतन्त्रमा गएपछि पनि वडाध्यक्षकै रूपमा काम गरिरहेका छन्।

समानुपातिकतर्फको सांसदको सूची बुझाउने आज अन्तिम दिन - 2017-12-29
निर्वाचन आयोगले दलहरुलाई प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउन दिएको समय शुक्रबार सकिँदैछ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति वैठकमा के निर्णय हुँदैछ ? - 2017-12-29
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

हाम्रो युद्ध पनि शान्तिका लागि थियो : प्रचण्ड - 2017-12-29
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 NEXT

English News



746489 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top