चन्द्रपुर १ मा एमालेको चुनाव प्रचार अभियान शुरु

राजनीति

मलेठ घटनाको प्रतिवेदनविरुद्ध राजपा आन्दोलित



राजनीति प्रकाशित मिति:

सप्तरी :
सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै राष्टिय जनता पार्टी (राजपा) सप्तरीले आन्दोलन घोषणा गरेको छ ।

आयोगले दिएको प्रतिवेदन घटनाविपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने माग राख्दै राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो । लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो ।

तर राजपाले रिपोर्ट गलत भएको भन्दै खारेजीको माग गरेको छ । उसले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

राजपा सप्तरीका सह–महासचिव गजेन्द्रकुमार मण्डलले शुक्रबार घटना भएको मलेठस्थित रुपनी रोडमा बिहान ८ देखि ९ बजेसम्म धर्ना दिइएको जानकारी दिए । उनका अनुसार आजै दिउँसो राजविराजको जनआन्दोलन चोकमा सार्वजनिक गरिएको प्रतिवेदन जलाउने र कोणसभाको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार दिन दिनको १ बजे रुपनी बजारको बजार सेटमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको वृहत भेला गरी थप विरोधका कार्यक्रम घोषणा गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । साभार अनलाईन खबर
मलेठ घटनाको प्रतिवेदनविरुद्ध राजपा आन्दोलित - 2018-07-20
सप्तरी : सप्तरीको मलेठबारे राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट दिएको भन्दै राष्टिय जनता पार्टी (राजपा) सप्तरीले आन्दोलन घोषणा गरेको छ ।

धरानका मेयर तारा सुब्बाको निधन - 2018-07-17
धरान : धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

मोदी भ्रमणमा कति भयो खर्च ? यस्तो आयो बिल - 2018-07-17
जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउँदा भएको व्यवस्थापन खर्चको बिल सार्वजनिक हुन थालेको छ ।

मेयर क्लव को आपत्ती - 2018-07-13
रौतहट २९ असार // रौतहटको गढीमाई नपा स्थानिय सरकार प्रमुख सहित कर्मचारीहरुलाइ झुठो सुचनाको अधारमा मंगलबार गरिएको दुरव्यवहार प्रति मेयर क्लव रौतहटले आपत्ती जनाएको छ ।

पुर्वमन्त्री आलमको हृदयघातका कारण निधन - 2018-07-13
रौतहट २९ असार // पुर्व स्वास्थ्य राज्य मन्त्री मो मुस्ताक आलम राजाबाबुको हृदयघातका कारण शुक्रवार निधन भएको छ ।

भुक्तानी दिन नमाने पछि लेखापाल माथी हातपात - 2018-07-12
रौतहट २८ असार // रौतहटको गढीमाई नगरपालिकाका लेखापाल माथी उपभोक्ता समितीका पदाधिकारीहरुले हातपात गरेका छन ।

संसद आलम द्धारा कटान क्षेत्रको निरिक्षण - 2018-07-08
रौतहट २४ असार // रौतहट क्षेत्र नम्वर २ का प्रतिनिधी सभाका संसद तथा पुर्व मन्त्री मो अफ्ताव आलमले शनिवार नदी कटान क्षेत्रको निरिक्षण गरेका छन ।

सरकारी बजेट सभामुखको निजी खातामा - 2018-07-06
जनकपुरधाम : प्रदेश २ का सभामुख सरोजकुमार यादवले निजी सचिवालयको खर्च व्यक्तिगत खातामा जम्मा गर्न दबाब दिएका छन् । सभामुख यादवको निजी सचिवालयमा कति कर्मचारी छन् भन्ने विवरण प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको छैन ।

चुरे संरक्षण नभए तराई-मधेस मरुभूमि बन्ने चिन्ता - 2018-07-03
वीरगञ्ज : राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्र यादवले चुरेको संरक्षण बेलैमा नगरे तराई मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1267179 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top