९ गते बाट असार १४ मा सर्यो चुनाव

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
बामपन्थी नेता महादेव साहले देशका लागी राजनिति गरे : पुर्वमन्त्री प्रभु साह - 2016-12-27
कलमपाटी १२ पुस बिभिन्न समयमा भएको किसान आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेका रौतहटका बामपन्थी नेता स्वर्गिय महादेव साहले ब्यक्तीगत फाईदाको लागी कहिल्य राजनिती नगरेको नेकपा माओवादी केन्द्रका नेता तथा संसद प्रभु साहले बताएका छन ।

निलम्वित अख्तियार प्रमुख कार्की लाइ कालोमोसो दले - 2016-12-22
काठमाण्डौ ७ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई अदालत परीसरमा नै कालोमोसा दलिएको छ ।

आन्दोलनलाई कमजोर बनाउने र साम्प्रदायिक सद्भाव बिथोल्न खोजेको एमालेको आरोप - 2016-12-19
काठमाण्डौ ४ पुस / युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा नेकपा (एमाले) क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको सोमवार दिउसो रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा गोली हानी हत्या गरेको घटनाको नेकपा एमालेले घोर निन्दा गरेको छ ।

एमाले अध्यक्ष ओली र चिनका अन्र्तराष्ट्रिय बिभागका उपमन्त्री बिच भेट - 2016-12-19
काठमाण्डौ ४ पुस नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसग सोमवार चिनिया“ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाओ नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

रौतहटमा सयौ मानिस एमालेमा प्रवेश - 2016-12-16
रौतहट १ पुस / बिभिन्न पाटी परीत्याग गरी रौतहटको बरीयारपुर गाबिसको इनार्वा गाउमा सयौ मानिस नेकपा एमाले पाटीमा प्रवेश गरेका छन ।

नायिका रेखा थापा राप्रपामा प्रवेश - 2016-12-12
नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन्।

पुरानै संरचनामा स्थानिय चुनाव : एमाले नेता नेपाल - 2016-12-11
कलमपाटी २६ मंसिर पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पुरानै संरचनामा स्थानिय निकायको निर्वाचन हुनु पर्ने बताएका छन ।

सहरी विकास मन्त्रालयमा कांग्रेका दुई राज्यमन्त्रीबीच झगडा - 2016-11-30
काठमाडौं: सहरी विकास मन्त्रालयमा नवनियुक्त दुई राज्यमन्त्रीबीच झगडा भएको छ । वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका सुवर्ण ज्वारचन सहरी विकास मन्त्रालयमा पुगेर पदबहाली गरेपछि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी मिठु मल्लले आपत्ति जनाउदा दुई राज्यमन्त्रीबीच झगडा भएको हो ।

युवा संघर र अनेरास्ववियूले देशभर आन्दोलन गर्ने - 2016-11-30
काठमाण्डौ १५ मंसिर एमालेका दुई प्रमुख भातृ संगठन युवा संघ र अनेरास्ववियुले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । संविधान संसोधनका नाममा सरकारले राष्ट्रघात गर्न लागेको भन्दै बिधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी ती संगठनले दिएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1371462 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top