९ गते बाट असार १४ मा सर्यो चुनाव

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
संसदीय समिति गठन गर्न रामचन्द्र पौडेलको माग - 2017-07-22
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समिति तत्काल गठन गर्न माग गरेका छन्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा शुरु - 2017-07-22
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ

राजपा नेपालले नया चुनाव चिन्ह पाउदैन: प्रमुख आयुक्त यादव - 2017-07-21
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन असोज २ गते नै हुने बताएका छन । निर्वाचनको तयारी बारेर बुझ्न महोत्तरी आइपुगेका प्रमुख आयुक्त यादवले निर्वाचनबारे कुनै आशंका नगर्ने भन्दै मतदातालाइ मतदान गर्न तयार रहन आग्रह गरेका छन ।

राजपा नेपालका नेता चुनाव देखि डराए : एमाले नेता नेपाल - 2017-07-21
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राजपाका नेताहरु चुनाव देखि डराएको बताएका छन ।

प्रदेश २ को चुनावमा पनि राजपा नेपाल भाग नलिने - 2017-07-21
राष्ट्रिय जनता पार्टी नेपालल संविधान संशोधन नहुँदासम्म प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने भएको छ ।

२ नम्बर प्रदेशमा कांग्रेसलाई पहिलो बनाउने शीर्ष नेताहरुको दाबी - 2017-07-21
कांग्रेसका शीर्ष नेताहरूले २ नम्बर प्रदेशको निर्वाचनबाट पार्टीलाई पहिलो दल बनाउने दाबी गरेका छन्

संशोधनबिना निर्वाचनमा जान्नौं स् राजपा - 2017-07-21
राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले संविधान संशोधन नहुँदासम्म प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ

तेश्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक - 2017-07-20
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ । असोज २ गते हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

पुर्व प्रधानमन्त्री नेपाल द्धारा बिधालय बनाउन पहल - 2017-07-20
नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले चन्द्रपुर नपाको असनवा र रैयाटोल स्कुलका अभिभावकहरु संग भेटघाट गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378653 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top