विचार

महिला अधिकार : कुरा ज्यादा, व्यवहारमा कठिनाइ



विचार प्रकाशित मिति:

केही दिनअगाडि ुमहिला दिवसु मनाइयो। विभिन्न संघसंस्थामा कार्यरत महिलाले संस्थागत रुपमै यो दिवस मनाए। शुभकामना बाँडियो, फूल र मिठाइ बाँडियो। कतिपयलाई पुरस्कृत गरियो। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला समानताका कुरा उठे, आरक्षणका कुरा उठे। महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भन्ने भाषण पनि दोहोरियो। ताली बजाइयो, मिठाइ खाइयो र रमाइलो गरियो।


मलाई पनि अत्यन्त खुसी लाग्यो। महिला भएकाले मैले पनि स्वभाविक रुपमा ुमहिला दिवसु मनाएँ। मलाई आफू पनि सम्मानित भए जस्तो लाग्यो।

तर, महिला विकास, महिला सम्मानका कुरा महिला दिवसका दिनमा मात्र सीमित हुने गरेको गुनासोलाई अस्वीकार गर्न सकिँदैन।

आज पनि महिला कताकता छाँयामै परेका छन्। राति ९ बजे पनि घरमा पुगिएन भने आमाले १० पटक फोन गरिसकेकी हुन्छिन्। छोरी कतिखेर आउँछ्यौ भनेर चिन्ता व्यक्त गरिरहेकी हुन्छिन्। हाम्रा सामाजिक नियम र मूल्यमान्यता पनि महिलालाई पीडा थप्ने खालकै छन्। छाउपडी प्रथाका कारण कति महिला पीडित भइरहेका छन्। मौन रहेका भगवानको नाममा कति महिलालाई मौन बनाइन्छ। उनीहरुको आवाजमा बन्देज लगाइन्छ। यस्ता उदाहरणले समाजमा महिलाले कुन स्थितमा दैनिकी व्यतित गर्नुपरिरहेको छ, प्रस्ट हुन्छ।

अहिले पनि छोरी भएकै कारण भ्रुणहत्या गर्ने गरिएको खबर सार्वजनिक हुने गरेका छन्। दैनिकजसो महिला बलात्कारको सिकार भइरहेका छन्। तर, न्याय पाउन अझै पनि सहज छैन। पैसा, पावर र इज्जतको नाममा घटनालाई लुकाइन्छ, दबाइन्छ। अनेकथरि सामाजिक अड्चनले पीडित महिलालाई समाजिक बन्धन नाघ्न अप्ठ्यारो छ। चेतनाको कमी र झन्झटिलो कानुनी प्रक्रियाका कारण पनि महिलाले पीडा दबाएर वा खपेर बस्नुपरिरहेको छ।

तर, समाज बदलिँदै पनि गएको छ। यो खुसीको कुरा हो। म तराईमा जन्मिएँ, हुर्किएँ, र पढेँ पनि। त्यसबेला जिन्स पाइन्ट लगाएर हिँड्दा आँखा तानीतानी हेर्थे मान्छेले। कालो चश्मा लाउनेलाई त सेलिब्रेटी नै ठान्थे। तर, समय बदलियो। यस्ता कुरा सामान्य बन्दै गएका छन्। अहिले महिलाहरु आफ्नो ईच्छा अनुसारका पहिरन लगाएर हिँड्छन्, जुन उनीहरुको अधिकार पनि हो। फेसनकै कुरामा त ठूलो परिवर्तन आइसकेको मान्न सकिन्छ।

शिक्षाको अवसरमा पनि धेरै ठूलो परिवर्तन आइसकेको छ। सहरिया समाजमा समान शिक्षा दिन लागेका छन्, छोरा र छोरीलाई। तर, हामी पूरापूर खुसी भइहाल्ने अवस्थामा भने पुगेका छैनौं। गाउँघरमा अहिले पनि स्कुलै नदेख्ने, बीचैमा स्कुल छाड्ने जमात ठूलो छ। उच्च शिक्षासम्मको पहुँच पनि दुर्लभ छ। जसले महिलालाई झनै पछाडि धकेलिरहेको छ।

श्रीमान्‌ले श्रीमतीलाई पूर्ण सहयोग गरी, हातमा हात मिलाई जीवनको गाडी चलाइरहेका कैयौं उदाहरण समाजमा पाउन सकिन्छ। तर, समग्रमा महिलाको अवस्था भने उत्साहजनक छैन। अझै पनि महिलाहरु सम्पत्तिमाथि पहुँच र निर्णय अधिकारमा बलियो बन्न सकेका छैन।

कैयौं संघसंस्थाले महिलालाई नेतृत्वका लागि अझै पनि सहजै पत्याउन सकेका छैनन्। उनीहरुको कार्यक्षमतालाई पनि विश्वास गरेको पाइँदैन। जबकि महिलाले नसक्ने कुन काम होला ररु तर समाजको चिन्तनशैली नै पुरुषप्रधान छ।

महिलाहरु हाँस्दा वा नहाँस्दा, छिटो वा ढिलो काम गर्दा समाजमा अनेक प्रतिक्रियाहरु सुनिन्छन्। ती प्रायः महिलामैत्री हुँदैनन्। उल्टै महिलालाई अपमान गर्ने वा हेप्नेतिर लक्षित हुन्छन्। तर बोल्ने वा हाँस्ने शैली तथा काम गर्ने गतिका कारण पुरुषलाई कुनै शाब्दिक प्रहार हुँदैन। महिलाप्रतिको नजर नै खराब भएर यस्तो भएको हो।

महिलालाई समानता र सुनिश्चितता गर्नुपर्ने विषयमा सबैले सोच्ने बेला आएको छ। उनीहरुको काममा प्रोत्साहन र सम्मानको वातावरण भयो भने यसले महिलाको कार्यमा गुणात्मकता पनि विकास हुने नै छ। कसरी हुन्छ महिलालाई अवसरमा समान पहुँचका लागि क्षमता अभिवृद्धि गर्ने बारे सरोकारवालाहरुले सोच्नुपर्ने भएको छ। त्यतिबेला महिलाले आरक्षणको भर्‍याङ चढ्नुपर्ने छैन। साभार nepallive
आफूभन्दा सक्षम लोग्ने रोज्छौं अनि जीवनभर हेपिन्छौं - 2016-09-24
निरूपा प्रसून / सीमा कार्की स्कुल पढ्दाकी मेरी प्यारी साथी । समाजशास्त्रमा स्नातकोत्तर गरेपछि ऊ अहिले प्रतिष्ठित अन्तर्राष्ट्रिय गैरसरकारी संंस्थासँग आबद्ध छे ।

भारतीय स्वार्थमा रुमलिँदै काठमाडौं तराई द्रुतमार्ग - 2016-09-22
डा. प्रेम दंगाल त्रिभुवन लोकपथ बन्नुभन्दा अगाडि मुलुकको राजधानी काठमाडौंदेखि तराई र नेपाल भारत सीमाहुँदै भारततर्फ जान आजको जस्तो सजिलो थिएन । सन १९५६ मा त्रिभुवन लोकपथ बनेपछि यो अवस्थाको अन्त भयो ।

थर भनेपछि म दलित जस्तो देखिए रे ! - 2016-09-08
जुनु सुनार सामान्यतया तपाई हामी २१ औं शताब्दिका मानिसहरु सोच्ने गर्छौ जातिय विभेद तथा छुवाछुत तपाई हाम्रो गाउँ, टोल, छरछिमेक बाट कम भएको छ , अथवा विभेद हुदैन ।

अप्रासङ्गिक संवैधानिक प्रावधानले स्थानीय निर्वाचन समस्यामा - 2016-09-08
प्रभु साह [संसद तथा पुर्वमन्त्री ] अहिले मुलुकमा स्थानीय निकायको पुनर्संरचना एवं निर्वाचन आम बहसको विषय बनेको छ। स्थानीय निकायको संख्या कति हुने? स्थानीय निकाय गठनको आधार के हुने?

विमलेन्द्र निधिको भारत भ्रमणले देखाएको बाटो - 2016-08-28
प्रेमचन्द्र झा प्रधानमन्त्री पुष्पकमल दाहालले दोश्रो पटक सरकार प्रमुखको जिम्मेवारी लिन साथ भारत र तीनमा विशेष दुत पठाई परराष्ट्र सम्बन्ध लाई उच्च महत्व दिएको अनुभूती भएको छ । देशको आन्तरीक राजनीति सुधार उन्मुख देखिन्छ ।

लुटतन्त्र अन्त्य गर्न हातेमालो गरौं - 2016-07-27
डा. गोविन्द केसी नेपालमा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि म निरन्तर संघर्षमा छु।

PREV 1 2 3

English News



1086863 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top