मेयरका उम्मेदवारले आफ्नै मत पनि पाएनन!

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
नेकपा एमालेका संसदलाई हृवीप जारी - 2016-10-20
काठमाण्डौ ४ कार्तिक / नेकपा एमालेका संसदहरु लाइ आइतवार बस्ने संसद मा अनिवार्य उपस्थितिका लागी खवर गरीएको छ । काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरु फोन तथा एसएमएस बाट कार्तिक ७ गते ११ बजे बस्ने संसदको बैठकमा सहभागी हुन हृवीप जारी जारी गरेको छ ।

लोकमान सिंह कार्कीले नियमित कार्यसम्पादन गर्न नपाउने - 2016-10-20
काठमाण्डौ ४ कार्तिक महाअभियोग दर्ता पछि अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले नियमित कार्यसम्पादन गर्न नपाउने भएका छन ।

एमाले चितवनको अध्यक्षमा पोखरेल र थपलियाको उम्मेदवारी दिने तयारी - 2016-10-20
काठमाण्डौ ४ कात्तिक नेकपा एमाले चितवनको कात्तिक ६ र ७ गतेका लागि तय गरिएको नवौ अधिवेशनको जिल्लामा सरगर्मी वढेको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले चुनावी सरगर्मी वढेको हो । अध्यक्ष पदमा वर्तमान अध्यक्ष जगन्नाथ थपलिया र उपाध्यक्ष कृष्णभक्त पोखरेलले उमेदवारी दिने तयारी गरेका छन् ।

मन्त्रालय तानिएका दुवै एसपी जिल्ला फिर्ता - 2016-10-19
काठमाण्ठौ ३ कार्तिक गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले मन्त्रालय ं झिकाएको भनिएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवाली पुन जिल्ला फिर्ता भएका छन ।

अख्तियार प्रमुख लोकमानको बारेमा संसदमा प्रश्न - 2016-10-18
काठमाण्डौ २ कार्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको विदेश यात्रा का बारेमा संसदमा प्रश्न उठेको छ । महिनौ लामो बिदेश भ्रमण रसर्वोच्च अदालतले म्याद तामिल गर्न नसकेको अवस्था का बारेमा सरकारले संसद लाइ जानकारी दिनु पर्ने माग उठेको छ ।

बिकासको काममा एक जुट हुनु पर्छ :नेता साह - 2016-10-17
कलमपाटी १ कार्तिक महान पर्व दिपावली तथा छठको अवसरमा सोमवार जिल्लाको विभिन्न गाविसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

राज्य आन्दोलनको माग प्रति गम्भिर भएन :सद्भावना पार्टी - 2016-10-10
बिरगज २४ असोज सद्भावना पार्टीका प्रवक्ताले राज्यले मधेशको मागलाइ ओझेलमा राखेको बताएका छन ।

एमाले नेता नेपाल स्वदेश फर्किए - 2016-10-08
काठमाण्डौ २२ असोज नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वादेश फर्किएका छन । इन्डोनेसियामा सम्पन्न ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिई शनिबार उनी स्वदेश फर्किएका हुन ।

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ - 2016-10-08


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378624 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top