मेयरका उम्मेदवारले आफ्नै मत पनि पाएनन!

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
भरतपुरमा २८०७ मत जलाईयो - 2017-08-01
भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते पुन मतदान गराउने घोषणा गरे लगत्तै दुई हजार आठ सय सात मत मंगलबार जलाइएको छ ।

विखण्डन र विभेदको बीउ रोप्नेलाई परास्त गर्न प्रचण्डको आग्रह - 2017-08-01
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्नु बताउनुभएको छ ।

प्रमुख दलको आँखा ‘प्रदेश नम्बर २’ मा स् चुनाव जित्ने रणनीति बनाउन व्यस्त - 2017-07-31
प्रमुख तीन दलसहित सबैजसो राजनीतिक दलहरु प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन्

७७ जिल्ला बनाउन प्रमुख दलहरूको सुझाब - 2017-07-31
प्रमुख राजनीतिक दलहरूले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई जिल्लाको संख्या बढाएर ७७ पु¥याउन सुझाब दिएका छन्

भरतपुर १९ मा पुनः मतदान - 2017-07-31
सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनामा ुअनधिकृत कब्जाु भएको निष्कर्षसहित पुनः मतदानका लागि निर्वाचन आयोगलाई आदेश दिएको छ

भरतपुरमा अबको प्रक्रिया के हुन्छ - 2017-07-30
अब भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान हुने भएको छ

भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गर्न सर्वोच्चको आदेश - 2017-07-30
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिए पछिको विवादलाई सर्वोच्च अदालतले टुंगो लगाएको छ

मन्त्रिपरिषदबाट सुटुक्क ९ जना सहिद घोषणा स् गोप्यरुपमा राजपाको माग पूरा गर्दै सरकार - 2017-07-30
सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउनका लागि मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम अगाडि बढाएको छ

देउवा सरकारमा नजाने राप्रपाको घोषणा - 2017-07-28
१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अब प्रधानमन्त्री शेरबहादुर देउवामा नजाने घोषणा गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1374224 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top