बिवाद पछि कीर्तीपुर नपाको मतगणना स्थगित

राजनीति

धरानका मेयर तारा सुब्बाको निधन



राजनीति प्रकाशित मिति:

धरान :
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो ।

सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।
सप्तरीमा बिहानै देखि मोर्चाको प्रर्दशन - 2017-03-06
राजबिराज २३ फागुन/ एमालेको मेचि महाकाली अभियान लाइ अवरोध गर्नका लागी सप्तरीमा बिहानै देखि मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले प्रर्दशन शुरु गरेका छन ।

मेची महाकाली अभियानले द्धन्द्ध हुन सक्ने : अध्यक्ष ठाकुर - 2017-03-04
काठमाण्डौ २१ फागुन / तमलोपाका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेको मेचीमहाकाली अभियानले मधेसमा द्वन्द्व बढ्ने आशका व्यक्त गरेका छन ।

एमालेको मेचि महाकाली अभियान झापा बाट शुरु - 2017-03-04
झापा २१ फागुन / नेकपा एमालले शनिार बाट मेची महाकाली अभियान झापा बाट शुरु गरेको छ । मेची महाकाली राष्ट्रिय अभियान शुभारम्भ गर्दै एमालेका अध्यक्ष केपी ओलीले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउन एमालेले अगुवाइ गरेको बताएका छन ।

तराइ मधेशबाट नेकपा एमालेमा २० जना केन्द्रिय सदस्य थपिए - 2017-03-04
झापा २१ फागुन / नेकपा एमाले ले केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले २० जना मधेसी र थारु नेताहरु केन्द्रीय कमिटीमा चयन गरेको हो ।

निजामति कर्मचारी युनियन संघ मा खां - 2017-03-04
कलमपाटी २१ फगुन/ नेपाल निजामति कर्मचारी युनियन संघ रौतहटको शुक्रबार सम्पन्न सातौ जिल्ला अधिबेशनले ईसराजुल खाँको अध्यक्षतामा सत्र सदस्यीय कार्यसमिति चयन गरेको छ ।

एमालेको कार्यक्रम बिथोल्ने कुनै कार्यक्रम छैन : सदभावना पार्टी अध्यक्ष महत्तो - 2017-03-03
काठमाण्डौ २० फागुन / सदभावना पार्टी का अध्यक्ष एव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महताले एमालले शुरु गर्न लागेको ‘मेची–महाकाली ’ अभियान विथोल््ने कुनै कार्यक्रम नरहेको बताएका छन ।

प्रतिकारमा उत्रन तमलोमा अध्यक्ष ठाकुरको निर्देशन - 2017-03-03
काठमाण्डौ २० फागुन/ तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टीका सांसद, केन्द्रीय समिति सदस्य र अगुवा कार्यकर्तालाइ विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिलाउँदै चुनावको प्रतिकार गर्नका लागि जिल्ला फर्कन निर्देशन दिएका छन ।

एमाले शीर्षनेता मधेस पस्दै, दुई सातासम्म मधेसमै मुकाम - 2017-03-03
मधेसमा रक्षात्मक अवस्थामा पुगेको पार्टी संगठन र जनमतलााई ब्युँताउन एमालेका शीर्षनेता सहित पार्टीको ठूलो पंक्ति शुक्रबारदेखि तराई झर्दैछ ।

जनज्योती क्याम्पस रौतहटमा अखिलको बहिस्कार पछि नेबिसंघ को प्यानल नै बिजयी - 2017-03-02
रौतहट १९ फागुन /जनज्योती क्याम्पस रौतहटमा नेबिसघका सभापतीका उम्मेदवार संगम श्रेष्ठले ३ सय ३७ मत प्राप्त गरेका छन । अखिल संयुक्तको प्यानलले निर्वाचन वहिष्कार गरेपछि गरिएको निर्वाचनमा जन ज्योति बहुमुखी क्याम्पसको नेविसंघ प्यानल विजयी भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1258845 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top