बिवाद पछि कीर्तीपुर नपाको मतगणना स्थगित

राजनीति

मेयर क्लव को आपत्ती



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट २९ असार //
रौतहटको गढीमाई नपा स्थानिय सरकार प्रमुख सहित कर्मचारीहरुलाइ झुठो सुचनाको अधारमा मंगलबार गरिएको दुरव्यवहार प्रति मेयर क्लव रौतहटले आपत्ती जनाएको छ ।

 विहिवार गौर नगरपालिकाको सभा कक्षामा बसेको मेयर क्लव रौतहटको बैठकल्ले गढीमाई नपाको घटना अति निन्दनीय रहेको र त्यस्तो घटना आउदा दिनमा नहोस भन्दै सम्बन्धी निकायलाइ  सचेत  गराएको छ ।

क्लवका अध्यक्ष गौर नपाको मेयर अजय गुप्ताको अध्यक्षतामा बसेको  बैठकले त्यस्तो घटना फेरी दोहरीएको खण्डमा मेयर कल्वले  कडा प्रतिकार गर्ने समेत चेतावनी समेत दिएको हो ।

मंगलवार दिउसो गढीमाइ नपाका मेयर सहित अन्य चार जना कर्मचारीहरुलाइ चन्द्रनिगाहपुरको एक होटलमा बसेर भुक्तानी दिएको आरोपमा जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएर छाडेको थियो ।



धनुषा-३ मा राजेन्द्र महतोको अग्रता - 2017-12-08
धनुषा क्षेत्र नं. ३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

यस्तो छ नुवाकोटको पछिल्लो मतगणना अपडेट - 2017-12-08
नुवाकोटको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ। प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा माओवादी केन्द्रका हितबहादुर तामाङले काँग्रेसका डा. रामशरण महतले भन्दा ८८९ बढी मत पाएका छन् ।

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको सुरुआती अग्रता - 2017-12-08
दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता, प्रतिनिधिसभापछि मात्र प्रदेशको गणना हुने - 2017-12-08
पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता बसन्कुमार नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

लमजुङमा देव गुरुङलाई पछ्याउँदै कांग्रेसका दिलबहादुर घर्ती - 2017-12-08
लमजुङमा प्रतिनिधिसभातर्फको मतगणना माओवादी नेता देव गुरुङले अग्रता लिएका छन् । बाम गठबन्धनका उम्मेदवार गुरुङलाई नेपाली कांग्रेसका दिलबहादुर घर्तीले पछ्याइरहेका छन् ।

रौतहटमा मतगणना शुरु हुदै - 2017-12-08
रौतहट २२ मंसीर// रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु हुन लागेको छ । सर्वदलिय बैठक बिहानै सकिएको छ ।

रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्र विजयी - 2017-12-08
रुकुम पूर्वको प्रदेश सभा ‘क' मा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन्।

हिमालपारीको जिल्ला मनाङमा एमालेले यसरी रच्यो इतिहास - 2017-12-08
हिमालपारीको जिल्ला मनाङ-कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि अनलाइनखबरमा विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो ।

काठमाडौंमा १० बजेदेखि मतगणना सुरु हुने - 2017-12-08
काठमाडौंको मतगणना बिहान १० बजेदेखि सुरु हुने भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 NEXT

English News



1253383 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top