राजनीति

प्रदेश २ को बजेट प्रस्तुत, 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रममा डेढ करोड



राजनीति प्रकाशित मिति:

धनुषा:
प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ ५७ करोड ८० लाख ३१ हजार रुपैयाँ अर्थात् ५६ दशमलब ६४ प्रतिशत र पुँजीगततर्फ ४४ करोड २४ लाख ६८ हजार रुपैयाँ अर्थात् ४३ दशमलव ३६ प्रतिशत छ। 
प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पुँजीको परिचालन, रोजगारी सिर्जना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ। 

चालु आर्थिक वर्षको बजेटमा सुशासन, नीतिगत, कानुनी र संरचनागत पूर्वाधार निर्माण, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, समाजिक सुरक्षा, संघ र स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारीको संस्कृति विकास, सार्वजनिक खर्चमा वित्तीय अनुशासन र पारदर्शिता, वातावरणीय स्वच्छता अभिवृद्धि प्रदेशको ऐतिहासिकताको संरक्षण र प्रवर्द्धन, प्रकोप व्यवस्थापन, महिला सशक्तीकरण र क्षमता विकास तथा प्रदेश प्रोफाइल निर्माणलाई प्राथमिकतामा राखिएको छ। 

प्रस्तुत बजेटमा 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रम अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि एक करोड ५० लाख रुपैयाँ, 'किसानको हितः सरकारको जित' कार्यक्रम अन्तर्गत कृषि क्षेत्रका विकासका लागि नौ करोड, राहत तथा पुनः स्थापना अन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित पीडितको तत्काल उद्धार, राहत र उपचारका लागि प्राकृतिक विपद् व्यवस्थापन कोष स्थापनाका लागि रु दुई करोड, मुख्यमन्त्री राहत तथा पुनः स्थापना कोषका लागि रु पाँच करोड, जंगली जनावरको आक्रमणबाट हताहत भएका नागरिकका परिवारजनको राहत तथा पुनः स्थापनाका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

यस्तै, मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानका लागि ८० लाख, संसद् विकास कोषअन्तर्गत प्रत्येक सांसदलाई १०/१० लाखका दरले १० करोड ७० लाख रुपैयाँ तथा दुई वा दुईभन्दा स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति र मर्मतसम्भारका लागि चार करोड ८० लाख रकम विनियोजन गरिएको छ। 

प्रस्तुत बजेटमा नयाँ कर लगाइएको छैन भने सरकारले उपलब्ध गराएको बजेटकै आधारमा बजेट बनाइएकाले यथार्थपरक रहेको बताइएको छ। 

मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यको टेबुल समेत गरिएको छ। अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। (रासस)

गृहमन्त्री बिमलेन्द्र निधी द्धारा राजिनामा - 2017-04-30
कलमपाटी १७ बैसाख / उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आइतवार साझ राजीनामा दिएका छन ।

केपी ओलीको चारबुँदे तर्कः एमालेले किन संविधान संशोधन हुन दिँदैन ? - 2017-04-30
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन गर्न नदिने ४ वटा कारणहरु अघि सारेका छन् ।

सरकारले आइजीपी बढुवा बिषयमा तमासा देखायो : एमाले अध्यक्ष ओली - 2017-04-27
काठमाण्डौ १४ बैसाख / नेकपा एमालेका अध्यक्ष केपी ओली ले बाहालवाला नेपाल प्रहरीका डीआईजी लाइ बिना कारण पक्राउ गर्ने सरकारले नागरीक लाइ के गर्ला भनेर प्रश्न गरेका छन ।

नेकपा एमालेको प्रचार भेला सम्पन्न - 2017-04-27
काठमाण्डौ १४ बैसाख / नेकपा एमालेले बिहिवार स्थानीय तहको निर्वाचन केन्द्रित राष्ट्रिय प्रचार भेलाको आयोजना गरेको छ ।

११ जिल्लामा स्थानीय तहको नयाँ मापदण्ड - 2017-04-26
सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा मात्र नयाँ मापदण्ड बनाई स्थानीय तहको संख्या थप गर्न सम्बन्धित जिल्लालाई पत्राचार गरेपछि प्रमुख विपक्षी एमालेले संसद् अवरोध गरेको छ ।

रौतहट प्रहरीको नियन्त्रणमा सिके राउत - 2017-04-26
रौतहट १३ बैसाख/ देश विखण्डनको माग राखेर आन्लोलनमा लागेका डा. सिके राउत लाइ रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन - 2017-04-25
कलमपाटी १२ बैसाख / दुइबर्ष अघि बैसाख १२ गते गएको बिनासकारी भुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा रौतहटमा दिप प्रज्वलन गरीएको छ ।

रमजानमा चुनाव परेको भन्दै मुस्लिम समुदाय चिन्तित - 2017-04-25
कलमपाटी १३ बैसाख / मुस्ल्लिम समुदायको एक महिने रमजान पर्वको समयमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय चिन्तित बनेका छन ।

नेपाल कम्युनिष्ट पार्टी 'बिप्लव समुह'ले चुनाव बहिस्कार गर्ने - 2017-04-24
रौतहट ११ बैसाख / नेपाल कम्युनिष्ट पार्टी ले आउदो स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 NEXT

English News



1017760 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top