राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

नेपाल कम्युनिष्ट पार्टी 'बिप्लव समुह'ले चुनाव बहिस्कार गर्ने - 2017-04-24
रौतहट ११ बैसाख / नेपाल कम्युनिष्ट पार्टी ले आउदो स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

रौतहटको राजपुर गाउपािलकामा मजफोका तर्फ बाट जैद राजा उम्मेदवार - 2017-04-24
कलमपाटी ११ बैसाख/ रौतहट जिल्लाको क्षेत्र नं. २ अन्तर्गत रहेको राजपुर गाउपालिकाको अध्यक्ष पदमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारको टुंगो लगाएको छ ।

मन्त्री षरिषदको बैठक सम्पन्न - 2017-04-23
संविधान संशोधन र निर्वाचनमा केन्द्रित हुने मन्त्रीपरिषदको निर्णय बैशाख १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले संविधान संशोधन र स्थानिय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

रौतहटमा माओवादी केन्द्रको बिभिन्न निर्णय - 2017-04-22
कलमपाटी ९ बैसाख / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), जिल्ला निर्वाचन परिचालन समिति रौतहटको वैठक सम्पन्न भएको छ । पार्टीका पोलिटव्युरो सदस्य तथा परिचालन समितीका संयोजक युवराज भट्टराई(समिर)को अध्यक्षतामा सम्पन्न भएको छ

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति - 2017-04-22
सरकार र मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ ।

प्रहरी र मोर्चाका कार्यकर्ता बिच गौरमा झडप - 2017-04-20
रौतहट ७ बैसाख/ मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटको गौरमा केही वेर बिहिवार झडप भएको छ । प्रहरीले मार्चाका केही नेता कार्यकर्ताहरु लाइ नियन्त्रणमा समेत लिएको छ ।

चन्द्रपुर नगरको मेयरमा घिमिरेको चर्चा - 2017-04-17
रौतहट ४ बैसाख / चन्द्रपुर नगरपालिका का बिनोद घिमिरले नेकपा एमालेको तर्फ बाट मेयर पदमा आकाक्षा राखेका छन । यसअघि वडा अध्यक्षको जिम्मेवारी कुशलता पुर्वक सम्हाली सकेका घिमिरेले दुइ पटक नेकपा एमालेको जिल्ला कमिटी सदस्य र हाल चन्द्रपुर नगर कमिटीका इन्चार्ज भएर काम गरीसकेका छन ।

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक - 2017-04-17
निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ । १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।

मोर्चा र गठबन्धनद्धारा आन्दोलनको कार्यक्रम घोषणा - 2017-04-16
कलमपाटी ३ बैसाख/ मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748639 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top