काग्रेस-माओवादी केन्द्रको गठबन्धन दिर्घकालिन :सभापती देउवा

राजनीति

प्रदेश मन्त्री र सांसदाई भारी सुविधा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
प्रदेश २ का प्रत्येक प्रदेशसभा सदस्यका लागि प्रदेश सरकारले सरकारी ढुकुटीबाट मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च दिने भएको छ। प्रदेशसभाको सोमबारको बैठकले प्रदेशसभा सदस्यले स्वकीयसचिवको तलबसहित एक लाख आठ हजार पाँच सय मासिक तलबभत्तास्वरूप पाउने भएका छन्। यसबाहेक दैनिक बैठकभत्ता एक हजार रुपैयाँ तोकिएको छ।


पारित सेवा सुविधा विधेयकअनुसार, प्रतिमहिना प्रदेशसभा सदस्यहरूले पारि श्रमिकबापत ५३ हजार, सञ्चार सुविधामा तीन हजार, आवास सुविधामा १५ हजार, निजी सचिवालय बन्दोबस्तमा पाँच हजार र बिजुली धाराबापत दुई हजार मासिक खर्च पाउने व्यवस्था निर्धारण गरिएको छ।

सबै खर्च जोड्दा प्रदेश सरकारको मासिक एक करोड १६ लाख नौ हजार पाँच सय रुपैयाँ सांसदहरूले तलबभत्ता तथा विभिन्न शीर्षकमा सेवासुविधा पाउनेछन्। प्रदेश २ को संसद्मा एक सय सात सदस्य छन्।
प्रदेशसभा सदस्यहरूले आफ्नो सहजताका लागि स्वकीय सचिव राख्न पाउने छन्। संसद् सचिवालयका अनुसार प्रदेशसभा सदस्यहरूले विभागीय कामहरू सहज बनाउन सदनबाट पद थप गरी स्वकीय सचिव राख्ने नीति पारित गरेका हुन्। विधेयकमा प्रत्येक प्रदेशसभा सदस्यलाई स्वकीय सचिव राख्ने व्यवस्था पारित गरिएको छ। स्वकीय सचिवलाई शाखा अधिकृतसरह सेवासुविधा दिने नीति बनाइएको छ। ती स्वकीय सचिवले मासिक ३० हजार पाँच सय तलब पाउनेछन्। तर, प्रदेश १ मा भने नायब सुब्बासरह स्वकीय सचिव राखिएको छ। प्रदेशसभा सचिवाय सचिव केदारप्रसाद पनेरूले प्रदेश १ मा प्रदेशभा सदस्यहरूका लागि नायब सुब्बासरह स्वकीय सचिव राख्ने व्यवस्था गरिएको बताए। त्यसमा पनि प्रवीणता प्रमाणपत्र तह उतीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ।
यता प्रदेश ३ मा भने प्रदेशसभा सदस्यहरूका लागि स्वकीय सचिव नराख्ने व्यवस्था गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीका अनुसार अहिलेसम्म प्रदेशसभा सदस्यहरूका लागि स्वकीय सचिव राख्ने प्रस्ताव गरिएको छैन। प्रदेश २ मा सांसदहरू पाल्न मात्रै प्रदेश सरकारको वार्षिक १४ करोड रुपैयाँ हाराहारीमा खर्च हुने भएको छ। अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सेवासुविधामा बढी प्रदेश सरकार केन्द्रित रहेको कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार यसको तुलनामा अन्य प्रदेशमा निकै कम सुविधा राखिएको छ। सदनले सर्वसम्मत पास गरिसकेको हुनाले यसमा कर्मचारीहरूले असहमति जनाउन नपाइने संवैधानिक व्यवस्था रहेको सचिवहरू बताउँछन्।
विधेयकमा प्रत्येक प्रदेशसभा सदस्यलाई स्वकीय सचिव राख्ने व्यवस्था पारित गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले स्वकीय सचिव राखेको अर्थमन्त्री विजय यादवले बताए। उनी भन्छन्, ‘प्रदेशसभाको आरक्षण कोटाबाट आएका सदस्य शिक्षित नभएकाले उनीहरूको सहजताका लागि स्वकीय सचिव व्यवस्था गरिएको हो।’ जहाँ पनि स्वकीय सचिव राखिने व्यवस्था रहेको हुनाले प्रदेशसभा सदस्यका लागि स्वकीय सचिव राखिएको कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले बताए। सांसदहरूको सहजताका लागि विशेष कारण स्वकीय सचिव रााखिएको उनी बताउँछन्।

मुख्यमन्त्री तथा मन्त्रीहरूको तलब कति ?

मुख्यमन्त्रीले मासिक ८४ हजार चार सय ७० रुपैयाँ पारि श्रमिक पाउनेछन्। यसबाहेक मुख्यमन्त्रीले तीन स्वकीय सचिव राख्न पाउने व्यवस्था पनि निर्धारण गरिएको छ। मुख्यमन्त्रीलाई पारि श्रमिकबापत मासिक ६० हजार नौ सय ७०, सञ्चार सुविधाबापत तीन हजार पाँच सय र अतिथि सत्कारमा २० हजार रुपैयाँ सुविधा पाउने व्यवस्था गरिएको हो। त्यस्तै मन्त्रीहरूले मासिक ७६ हजार एक सय ८० रुपैयाँ तलबबापत पाउनेछन्। उनीहरूको मासिक पारि श्रमिक ५७ हजार सात सय ८०, सञ्चार सुविधाबापत तीन हजार चार सय र अतिथि सत्कारबापत १५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी राज्यमन्त्रीहरूले मासिक ५६ हजार चार सय ९०, सञ्चारबाट तीन हजार तीन सय र अतिथि सत्कारबापत प्रतिमहिना १० हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
यसबाहेक मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूले छुट्टै इन्धन पाउने पनि व्यवस्था गरिएको छ। त्यस्तै मुख्यमन्त्रीको दैनिक भ्रमणभत्ता प्रतिदन तीन हजार तोकिएको छ। मन्त्री र राज्यमन्त्रीहरूको भने दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय तोकिएको छ। प्रदेश सरकारले सभामुखको पारि श्रमिक मासिक ५९ हजार, सञ्चार सुविधामा तीन हजार पाँच सय, निजी सचिवालयमा प्रतिमहिना १८ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। उपसभामुख, विपक्षी दलका नेता तथा सत्तापक्षको सचेतकले पारि श्रमिकबापत ५७ हजार सात सय ८० रुपैयाँ मासिक तलब पाउने भएका हुन्। उनीहरूले आवास सुविधाबापत २० हजार, सञ्चार सविधामा तीन हजार चार सय रुपैयाँ पाउनेछन्।
यसैगरी दलका नेता, सत्ता पक्षको प्रमुख सचेतक विपक्षी दलका प्रमुख सचेतक र सभापतिले मासिक पारि श्रमिकबापत ५७ हजार सात सय ८० रुपैयाँ तलब पाउने छन् भने सञ्चार सुविधामा तीन हजार तीन सय र आवास सुविधामा १८ हजार रुपैयाँ पाउनेछन्। यसैगरी दलका प्रमुख सचेतक र सचेतकको ५६ हजार चार सय ९० रुपैयाँ तलब निर्धारण गरिएको छ। साभार अन्नपुर्ण
बारामा मतगणना सुरु - 2017-12-08
बारामा साढे ४ बाजेबाट मतगणना सुरु भएको छ । जिल्लाको सदरमुकामस्थित रामराजा बहुमुखी क्याम्पसमा गणना भइरहेको हो ।

मकवानपुरमा कमल थापालाई अग्रता - 2017-12-08
मकवानपुरमा भइरहेको मतगणनामा राप्रपा अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले अग्रता लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट थापा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर - 2017-12-08
देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्।

काठमाडौं ४ मा राजन भट्टराई भन्दा गगन थापा ३८७ मतले पछाडि - 2017-12-08
चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्।

गोरखा २ मा बाबुरामलाई १५ सय ९० मतको अग्रता - 2017-12-08
गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम गरेका छन् ।

चितवन-३ मा प्रचण्डलाई अग्रता - 2017-12-08
चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ ।

विजय उत्सव मनाउन जहाजमा लिफ्ट मागेर रुकुम आए प्रभाकर - 2017-12-08
माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजय उत्सव मनाउन काठमाडौंबाट रुकुम आएका छन् । उनी शुक्रबार बिहान हुम्ला जान लागेको तारा एयरको जहाजमा लिफ्ट मागेर रुकुम आएका हुन् ।

काठमाडौं ५ को मतगणना स्थगित - 2017-12-08
काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।

काठमाडौं २ मा माधवकुमार नेपालको अग्रता - 2017-12-08
काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 NEXT

English News



1154297 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top