राजनीति

प्रदेश प्रमुखको सपथ समारोहमा पत्रकारले प्रवेश नै पाएनन्



राजनीति प्रकाशित मिति: काठमाडौं ५ माघ

राष्ट्रपति निवासमा आयोजित प्रदेश प्रमुखको सपथ समारोहमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। शुक्रबार दिउँसो ४ बजे प्रदेश प्रमुखको पद तथा गोपनियताको सपथका लागि निम्ता गरिएको भए पनि निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो।

प्रवेश दिने भनेर लामो समय पर्खाएर अन्तिममा प्रवेश नदिएको राष्ट्रपति निवासमा रहेका अन्नपूर्णका फोटो पत्रकार अशोक दुलालले जानकारी दिए। राष्ट्रपति कार्यालयका सुरक्षाकर्मीले सरकारी सञ्चार माध्यमका पत्रकारलाई छानिछानी सपथ समारोहमा लगेर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश नदिएका हुन्।

राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई एकसाथ सपथ गराउँदै छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले राष्ट्रपतिबाट सपथ लिन लागेका हुन्। प्रदेश प्रमुखको सपथसँगै प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको छ।

सरकारले बुधबार सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

प्रदेश नम्बर १ : गोविन्द सुब्बा

प्रदेश नम्बर २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ : अनुराधा कोइराला

प्रदेश नम्बर ४ : बाबुराम कुँवर 

प्रदेश नम्बर ५ : उमाकान्त झा

प्रदेश नम्बर ६ : दुर्गा खनाल 

प्रदेश नम्बर ७ : मोहनराज मल्ल


साभार अन्नपुर्ण

मन्त्रीको टुंगो लागेपनि मन्त्रालयको टुंगो अझै लागेन - 2017-07-26
काठमाण्डौ ११ साउन/ सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएपनि सत्तारुढ दलहरु कसलाई कुन मन्त्रालय दिने भन्नेमा अझै टुंगोमा पुग्न सकेका छैनन् ।

डेढ महिनापछि सरकार विस्तारको तयारी, यी हुन् नयाँ मन्त्री - 2017-07-26
११ साउन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।

संशोधनको बालहठले संगठन सकिने भयो, अब चुनावमा जाऔँ - 2017-07-25
राष्ट्रिय जनता पार्टी नेपालमा तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिन दबाब बढेको छ

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री - 2017-07-25
श्रावण १०, २०७४ / नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ ।

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताको माग - 2017-07-24
काठमाडौ ९ साउन नेपाल महिला सङ्घले मन्त्रिपरिषदमा३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ। सङ्घले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो।

राजनीतिको निशानामा प्रदेश नम्बर २ - 2017-07-23
काठमाडौ ८ साउन/ राष्ट्रिय जनता पार्टी राष्ट्रिय जनता पार्टी [राजपा] तेस्रो चरण निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । सरकारसँग आफ्ना मागबारे संवाद पनि जारी राखेको राजपा निर्वाचन आयोगमा दर्ता भएको छ ।

सचिव मैनालीलाई आयोगको पत्रः २४ घन्टाभित्र गाडी र आइफोन फिर्ता गर्नू - 2017-07-23
८ साउन, काठमाडौं निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ ।

शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा पूर्ण इजलास स्थगित - 2017-07-23
काठमाडौं, साउन ८ आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा आजको बृहद् पूर्ण इजलासको सुनुवाइ स्थगित भएको छ।

कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ? - 2017-07-23
कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 NEXT

English News



748612 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top