१२ औ पटक मन्त्री , चार पटक उपप्रधान

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
स्ववियू चुनावका लागी मनोनयन दर्ता - 2017-02-16
कलमपाटी ५ फागुन / आगामी १४ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको लागि विहिवार रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योति बहुमुुखी क्याम्पसमा बिभिन्न संघ, संगठन र समुहले मनोनयन पत्र दर्ता गरेका छन ।

सवै भाषा सस्कृतीको सम्मान गर्नु पर्छ :एमाले नेता नेपाल - 2017-02-13
रौतहट २ फागुन / नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सवै भाषा , संस्कृतीको सवै ले सम्मान गर्नु पर्नेमा जोड दिएका छन ।

स्थानिय निकायको निर्वाचन गराउन सरकार सकृय : प्रधानमन्त्री - 2017-02-11
रौतहट २९ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानिय निकायको निर्वाचन गराउन सरकार सकृय भएर लागेको धारणा राखेका छन । संबिधान प्रति असन्तुष्ट मधेशी मोर्चाको माग लाइ सम्वोधन गर्दै देश लाइ निर्वाचन तर्फ लैजाने अभियानमा सरकार सकृय भएर लागेको छ प्रधानमन्त्री दाहालको भनाइ छ ।

जातिय कुरा गरेर मधेशमा बिखण्डन ल्याउन खोजियो : एमाले सचिव भट्टराइ - 2017-02-09
बिरगज २७ माघ/ नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशी दलका केही नेताहरुले जात–धर्मका कुरा गरेर तराई–मधेसमा जातीय विखण्डन ल्याउन खोजेको आरोप लगाएका छन ।

मधेश आन्दोलनका क्रममा घाइते भएका नागेन्द्र ठाकुरको मृत्यु - 2017-02-04
सर्लाही, २२ माघ । मधेश आन्दोलनका क्रममा गत वर्ष सर्लाहीको नवलपुरमा प्रहरीको गोली लागी घाइते भएका मलंगवा–५ घर भएका नागेन्द्र ठाकुरको मृत्यु भएको छ ।

चुनावको मिति घोषणा गरियो भने प्रचण्ड सरकारसंगको सम्बन्ध बिछोड हुने– राजेन्द्र महतो - 2017-02-04
सर्लाही, २२ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग पुरा नगरी जवरजस्ती चुनावको मिति घोषणा गरियो भने प्रचण्ड सरकारसंगको सम्बन्ध बिछोड हुने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन ।

रौतहटमा एमालेको प्रशिक्षण भेला तिब्र - 2017-01-29
कलमपाटी १६ माघ नेकपा एमाले रौतहट जिल्ला कमिटिले प्रशिक्षण अभियानलाइ तिब्रताका साथ अगाडि बढाएको छ । नेकपा एमालेको एकदिने चन्द्रपुर नगर स्तरिय पार्टी कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ ।

फहराइयो सबैभन्दा ठूलो राष्ट्रिय झण्डा - 2017-01-29
काठमाण्डौ १६ माघ/ शहीद दिवसको अवसर पारेर माइतीघर मण्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

मधेशी मोर्चाले एक दिन प्रदर्शन गर्ने - 2017-01-28
कलमपाटी १५ माघ/ संविधान संशोधन विधेयक परिर्माजन सहित पास गर्न दबाव दिन मधेसी मोर्चाले जन प्रदर्शन गर्ने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1376321 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top