१२ औ पटक मन्त्री , चार पटक उपप्रधान

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
संसद आलम द्धारा कटान क्षेत्रको निरिक्षण - 2018-07-08
रौतहट २४ असार // रौतहट क्षेत्र नम्वर २ का प्रतिनिधी सभाका संसद तथा पुर्व मन्त्री मो अफ्ताव आलमले शनिवार नदी कटान क्षेत्रको निरिक्षण गरेका छन ।

सरकारी बजेट सभामुखको निजी खातामा - 2018-07-06
जनकपुरधाम : प्रदेश २ का सभामुख सरोजकुमार यादवले निजी सचिवालयको खर्च व्यक्तिगत खातामा जम्मा गर्न दबाब दिएका छन् । सभामुख यादवको निजी सचिवालयमा कति कर्मचारी छन् भन्ने विवरण प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको छैन ।

चुरे संरक्षण नभए तराई-मधेस मरुभूमि बन्ने चिन्ता - 2018-07-03
वीरगञ्ज : राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्र यादवले चुरेको संरक्षण बेलैमा नगरे तराई मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।

बजेटमा हिन्दी भाषाको विरोध - 2018-06-25
जनकपुरधाम : प्रदेश २ को सरकारले हिन्दी भाषामा बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी सांसदले सदनमा आलोचना गरेका छन् । नेकपा र कांग्रसेका सांसदले हिन्दी भाषामा ल्याइएको नारा र बजेट गलत रहेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

तीन वटा स्थानिय तहमा मात्रै परिषद सम्पन्न - 2018-06-24
गौर १० असार// रौतहटको १८ स्थानिय तह मध्य तीन वटा नगरपालिकाले मात्रै आइतवार नगरसभा भएको छ । १६ नगरपालिका तथा दुइ वटा गाउपालिका रहेको रौतहटमा १५ वटा स्थानिय तहले तोकिएको मितीमा नगरसभ ागर्न नसेका हुन ।

प्रदेश मन्त्री र सांसदाई भारी सुविधा - 2018-06-13
जनकपुरधाम : प्रदेश २ का प्रत्येक प्रदेशसभा सदस्यका लागि प्रदेश सरकारले सरकारी ढुकुटीबाट मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च दिने भएको छ। प्रदेशसभाको सोमबारको बैठकले प्रदेशसभा सदस्यले स्वकीयसचिवको तलबसहित एक लाख आठ हजार पाँच सय मासिक तलबभत्तास्वरूप पाउने भएका छन्। यसबाहेक दैनिक बैठकभत्ता एक हजार रुपैयाँ तोकिएको छ।

प्रदेश २ को सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम - 2018-06-08
जनकपुर/// प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख माननीय रत्नेश्वरलाल कायस्थज्यूद्वारा प्रस्तुत आ.व. २०७५/⁄७६ को प्रदेश सरकारको नीति तथा कार्यक्रम

चुरे जोगाऔँ मधेश बचाऔँ अभियान - 2018-06-08
जनकपुरधाम // प्रदेश नं २ को सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै ‘चुरे जोगाऔँ मधेश बचाऔँ’ नारालाई अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ ।

मुल्यबृद्धीको बिरोधमा ज्ञापन पत्र - 2018-06-05
रौतहट २२ जेठ// सरकारले बृध्दि गरेको पेट्रोलियम पदार्थको मृल्यबृध्दि फिर्ताको माग गर्दै मंगलवार नेबिसंघ रौतहटले प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378633 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top