नेपाली काग्रेसको घोषापत्रले उव्जाएका प्रश्नहरु

विचार

महिला अधिकार : कुरा ज्यादा, व्यवहारमा कठिनाइ



विचार प्रकाशित मिति:

केही दिनअगाडि ुमहिला दिवसु मनाइयो। विभिन्न संघसंस्थामा कार्यरत महिलाले संस्थागत रुपमै यो दिवस मनाए। शुभकामना बाँडियो, फूल र मिठाइ बाँडियो। कतिपयलाई पुरस्कृत गरियो। महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला समानताका कुरा उठे, आरक्षणका कुरा उठे। महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भन्ने भाषण पनि दोहोरियो। ताली बजाइयो, मिठाइ खाइयो र रमाइलो गरियो।


मलाई पनि अत्यन्त खुसी लाग्यो। महिला भएकाले मैले पनि स्वभाविक रुपमा ुमहिला दिवसु मनाएँ। मलाई आफू पनि सम्मानित भए जस्तो लाग्यो।

तर, महिला विकास, महिला सम्मानका कुरा महिला दिवसका दिनमा मात्र सीमित हुने गरेको गुनासोलाई अस्वीकार गर्न सकिँदैन।

आज पनि महिला कताकता छाँयामै परेका छन्। राति ९ बजे पनि घरमा पुगिएन भने आमाले १० पटक फोन गरिसकेकी हुन्छिन्। छोरी कतिखेर आउँछ्यौ भनेर चिन्ता व्यक्त गरिरहेकी हुन्छिन्। हाम्रा सामाजिक नियम र मूल्यमान्यता पनि महिलालाई पीडा थप्ने खालकै छन्। छाउपडी प्रथाका कारण कति महिला पीडित भइरहेका छन्। मौन रहेका भगवानको नाममा कति महिलालाई मौन बनाइन्छ। उनीहरुको आवाजमा बन्देज लगाइन्छ। यस्ता उदाहरणले समाजमा महिलाले कुन स्थितमा दैनिकी व्यतित गर्नुपरिरहेको छ, प्रस्ट हुन्छ।

अहिले पनि छोरी भएकै कारण भ्रुणहत्या गर्ने गरिएको खबर सार्वजनिक हुने गरेका छन्। दैनिकजसो महिला बलात्कारको सिकार भइरहेका छन्। तर, न्याय पाउन अझै पनि सहज छैन। पैसा, पावर र इज्जतको नाममा घटनालाई लुकाइन्छ, दबाइन्छ। अनेकथरि सामाजिक अड्चनले पीडित महिलालाई समाजिक बन्धन नाघ्न अप्ठ्यारो छ। चेतनाको कमी र झन्झटिलो कानुनी प्रक्रियाका कारण पनि महिलाले पीडा दबाएर वा खपेर बस्नुपरिरहेको छ।

तर, समाज बदलिँदै पनि गएको छ। यो खुसीको कुरा हो। म तराईमा जन्मिएँ, हुर्किएँ, र पढेँ पनि। त्यसबेला जिन्स पाइन्ट लगाएर हिँड्दा आँखा तानीतानी हेर्थे मान्छेले। कालो चश्मा लाउनेलाई त सेलिब्रेटी नै ठान्थे। तर, समय बदलियो। यस्ता कुरा सामान्य बन्दै गएका छन्। अहिले महिलाहरु आफ्नो ईच्छा अनुसारका पहिरन लगाएर हिँड्छन्, जुन उनीहरुको अधिकार पनि हो। फेसनकै कुरामा त ठूलो परिवर्तन आइसकेको मान्न सकिन्छ।

शिक्षाको अवसरमा पनि धेरै ठूलो परिवर्तन आइसकेको छ। सहरिया समाजमा समान शिक्षा दिन लागेका छन्, छोरा र छोरीलाई। तर, हामी पूरापूर खुसी भइहाल्ने अवस्थामा भने पुगेका छैनौं। गाउँघरमा अहिले पनि स्कुलै नदेख्ने, बीचैमा स्कुल छाड्ने जमात ठूलो छ। उच्च शिक्षासम्मको पहुँच पनि दुर्लभ छ। जसले महिलालाई झनै पछाडि धकेलिरहेको छ।

श्रीमान्‌ले श्रीमतीलाई पूर्ण सहयोग गरी, हातमा हात मिलाई जीवनको गाडी चलाइरहेका कैयौं उदाहरण समाजमा पाउन सकिन्छ। तर, समग्रमा महिलाको अवस्था भने उत्साहजनक छैन। अझै पनि महिलाहरु सम्पत्तिमाथि पहुँच र निर्णय अधिकारमा बलियो बन्न सकेका छैन।

कैयौं संघसंस्थाले महिलालाई नेतृत्वका लागि अझै पनि सहजै पत्याउन सकेका छैनन्। उनीहरुको कार्यक्षमतालाई पनि विश्वास गरेको पाइँदैन। जबकि महिलाले नसक्ने कुन काम होला ररु तर समाजको चिन्तनशैली नै पुरुषप्रधान छ।

महिलाहरु हाँस्दा वा नहाँस्दा, छिटो वा ढिलो काम गर्दा समाजमा अनेक प्रतिक्रियाहरु सुनिन्छन्। ती प्रायः महिलामैत्री हुँदैनन्। उल्टै महिलालाई अपमान गर्ने वा हेप्नेतिर लक्षित हुन्छन्। तर बोल्ने वा हाँस्ने शैली तथा काम गर्ने गतिका कारण पुरुषलाई कुनै शाब्दिक प्रहार हुँदैन। महिलाप्रतिको नजर नै खराब भएर यस्तो भएको हो।

महिलालाई समानता र सुनिश्चितता गर्नुपर्ने विषयमा सबैले सोच्ने बेला आएको छ। उनीहरुको काममा प्रोत्साहन र सम्मानको वातावरण भयो भने यसले महिलाको कार्यमा गुणात्मकता पनि विकास हुने नै छ। कसरी हुन्छ महिलालाई अवसरमा समान पहुँचका लागि क्षमता अभिवृद्धि गर्ने बारे सरोकारवालाहरुले सोच्नुपर्ने भएको छ। त्यतिबेला महिलाले आरक्षणको भर्‍याङ चढ्नुपर्ने छैन। साभार nepallive
तराईको यथार्थता र वर्तमान अवस्था - 2017-06-24
वर्तमान नेपाली भूमिको एकीकरण पूर्व यो भूमि विभिन्न राज्य र गणतन्त्र राज्यमा विभाजित थिए। पूर्वको विजयपुर राज्यको सीमा झापा, मोरङ र सुनसरीका भू–भाग थिए भने चौदण्डी राज्यमा सिरहा, सप्तरी, उदयपुरसहितका समय र भू–भाग थिए।

एमालेको नीति र नेतृत्व : दलितको समृद्धि र स्वामित्व - 2017-06-18
नेकपा एमालेको गौरवपूर्ण विगत र आश लाग्दो भविष्य ः नेकपा एमाले नेपाली सर्वहारा, श्रमीजीवी तथा मिहेनतकश उत्पीडित दलित जनताको पनि बास्तविक रुपमा प्रतिनीधित्व गर्ने पार्टी हो ।

प्रदिप पौडेल लाइ खुल्ला पत्र : कांग्रेस नै सुहाउँछ, वाइसीएल नबन्नुस् प्रदीप पौडेलजी ! - 2017-06-03
.जीएस पौडेल / नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदीप पौडेलजी, हार्दिक नमस्कार ! , एमाले अध्यक्ष केपी ओलीलाई कान्तिपुरमा खुला पत्र लेख्नु भएको रहेछ, लिंक मार्फत त्यो पढेँ ।

स्थानीय तहको निर्वाचन र एमाले - 2017-05-22
२० बर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचन जननिर्वा्चित संविधानसभाद्वारा संविधान जारी भएपछि त्यसमा भएको व्यवस्था अनुसार हुँदैछ ।

नेपाली काग्रेसको घोषापत्रले उव्जाएका प्रश्नहरु - 2017-05-05
युवराज खतिवडा १. नेपाली कांग्रेसले आफ्नो स्थानीय चुनावी घोषणापत्र मार्फत विगत २५ वर्षमा भएका सवै राम्रा कामाहरुको जस एक्लैले लिने प्रयास गरेको छ । २०४७ साल यता अधिकांश समय कांग्रेसले नै शासन गरेको पनि हो ।

यति छिट्टै वस्त्र खोलेर राम्रो देखिएला र गगनजी ! - 2017-04-30
निराजन शर्मा नेपाली कांग्रेसको हालैको पत्रकार सम्मेलनमा बोल्दै माननीय गगन थापाले प्रतिपक्षले संविधान संशोधनको बारेमा भ्रम फैलाएर नेपाली जनताको अपमान गरेको आरोप लगाए ।

सम्पादक खोपीको देउता मात्रै हो र ? - 2017-02-09
माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए । मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो ९हेर्नुहोस् विज्ञापन०। विज्ञापनको शृंखला हप्ताभरि चल्यो ।

डेढ वर्षपछि ‘योगी’ क्रान्तिकारी - 2017-01-10
विनोद ढकाल / एउटा नास्तिक मनोभावनाको मान्छे मन्दिरको परिक्रमा गर्दा के सोचिरहेको हुन्छ ? भगवानसँग केही मागेको हुँदैन । मन्दिर परिसरमा आस्थाको आशामा बाँच्ने रहर बोकेका दुखीलाई सहयोग गर्न पाउँदा खुसीमात्र बोकिरहेको हुन्छ।

असफल राष्ट्रको संकेत - 2016-10-17
युवराज गौतम विश्वको इतिहासमा कतिपय राष्ट्र हेर्दाहेर्दै विश्व मानचित्रबाट लोप भएका छन् भने कतिपय राष्ट्र टुक्राटुक्रा भएको पाइन्छ ।

PREV 1 2 3 NEXT

English News



1141531 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top