अर्थ / व्यापार

सडक विस्तार गर्दा १० अर्ब क्षति



अर्थ / व्यापार प्रकाशित मिति:

जनकपुरधाम :
सडक विस्तार गर्दा जनकपुर उपमहानगरपालिकामा स्थानीयले करिब १० अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्ने भएको छ । सडक साँघुरो भएको भन्दै १२ सयभन्दा बढी घर भत्काइएका छन् । त्यस्तै, ५ सयभन्दा बढी घरको छानो, बार्दली र पर्खाल भत्काइएको छ ।
 शिव चोकबाट भानु चोकसम्म उपमहानगरपालिकाले डोजर लगाएर अढाई सयभन्दा बढी घर तथा पसल अगाडिका भाग भत्काएको हो । व्यापारिक केन्द्र रहेको यो क्षेत्रमा जग्गाको मूल्य करोडौं पर्छ ।

जनकपुर सुनचाँदी बजारमा पनि करोडौं मूल्य पर्ने सयभन्दा बढी घर भत्काउने काम भइरहेको छ । उपमहानगरपालिकाले डोजर लगाउने त्रास बढेपछि कतिपय घरधनी आफैंले कामदार खटाएर घर भत्काइरहेका छन् ।

स्थानीले बिनामुआब्जा सडक विस्तार कार्यमा योगदान गरिरहे पनि उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउनेको नाम र विवरण टिपोट गरेको छैन । ‘विवरण संकलन गर्ने जिम्मेवारी हाम्रै हो तर कामको चापले गर्दा जग्गा दिनेको नाम संकलन गर्न सकेनौं’, इन्जिनियर वीरेन्द्र यादव भन्छन्, ‘यो हाम्रो त्रुटि हो ।’

उनका अनुसार सडकको दायरामा पर्ने घर र पसलमा नाप–नक्सा लिई रातो चिह्न लगाएर भत्काइने गरिएको छ । सडक विस्तारका क्रममा घर–पसल नै भत्काइएपछि यो वर्ष पनि व्यापार ठप्प हुने जनकपुर उद्योग वाणिज्य महासंघका महासचिव जितेन्द्र महासेठ बताउँछन् । भन्छन्, ‘सडक विस्तारका लागि योगदान दिनेहरूको नामावलीसमेत नगरपालिकासँग नहुनु सर्वसाधारण जनताको अवमूल्यन हो ।’

एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत १ अर्बभन्दा बढी लगानीमा ९।२९ किलोमिटर सडक मर्मत र नाला निर्माण भइरहेको छ । १६ मिटर चौडा सडकमा परिक्रमा सडक, विमानस्थलबाट रेलवे स्टेसन छ । १३ मिटरको सडकमा कदम चोकबाट रामानन्द चोक, जानकी मन्दिरको सडक छ ।

अर्कातर्फ सहरी विकास तथा भवन निर्माण कार्यालयको ८३ करोड लागतमा २७ किलोमिटर सडक निर्माण भइरहेको छ । ‘विकासका लागि केही विनाश त हुन्छ नै । हुन त जनताले अहिले अर्बौंको क्षति बेहोर्नुपरिरहेको छ तर सडक साँघुरो हुँदा सबैभन्दा बढी घाटा पनि व्यापारीलाई नै भएको थियो’, सडक डिभिजन प्रमुख गंगालाल यादव भन्छन्, ‘नालाको व्यवस्था नहुँदा सडकमै पानी जम्ने, नगर क्षेत्र अस्तव्यस्त हुने अवस्था थियो । यस्तोमा सडक चौडा भयो भने दीर्घकालीन रूपमा जनकपुर सुन्दर र व्यवस्थित हुनेछ । यसको फाइदा जनकपुरवासीलाई नै हुनेछ । साभार अन्नपुर्ण
सडक विस्तार गर्दा १० अर्ब क्षति - 2018-04-22
जनकपुरधाम : सडक विस्तार गर्दा जनकपुर उपमहानगरपालिकामा स्थानीयले करिब १० अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्ने भएको छ । सडक साँघुरो भएको भन्दै १२ सयभन्दा बढी घर भत्काइएका छन् । त्यस्तै, ५ सयभन्दा बढी घरको छानो, बार्दली र पर्खाल भत्काइएको छ ।

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित - 2018-04-20
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो ।

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार - 2018-04-15
काठमाडौं : पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार भएको छ ।

औद्योगिक क्षेत्रमा पनि प्रचुर सम्भावना - 2018-04-15
काठमाडौँ: कृषिसँगै औद्योगिक क्षेत्रका लागि पनि यो प्रदेश अग्रणी छ । मुलुकको प्रमुख औद्योगिक क्षेत्रमध्येको एक वीरगन्ज–पथलैया औद्योगिक करिडोर प्रदेश २ मै पर्छ । भारतको कोलकाता बन्दरगाहसँगको छोटो दूरी र नेपालको मध्य भागमा पर्ने भएकाले वीरगन्जमा उद्योग व्यापार फस्टाउने क्रममा छ ।

शुक्रवार बाट पुष्प मेला शुरु - 2018-04-13
रौतहट ३० चैत्र // नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन लागेको २१ औं फ्लोरा एक्स्पोको तयारि पुरा भएको छ ।

रौतहटमा एकसातामा १० लाखको कपडा बरामद, तस्करी र अपराध नियन्त्रणका लागी सयुक्त गस्ति - 2018-04-11
गौर २८ चैत्र // रौतहटमा एकसाता यता मात्रै १० लाख भन्दा बढी मुल्य पर्ने कपडाहरु बरामद भएका छन । शसस्त्र प्रहरीले बुधवार रौतहटको सोनरनियामा हवाइफायर गरेर भारतबाट भित्राएको अवैध कपडा सहित एकजना भारतिय नागरीकलाइ पक्राउ गरेको छ ।

२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि - 2018-04-10
काठमाण्डौ २७ चैत्र // नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवार देखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

चन्द्रपुर महोत्सव आइतवार समापन - 2018-03-25
रौतहट ११ चैत्र // रौतहटको चन्द्रपुरमा फागुन २८ गते बाट शुरु भएको महोत्सव आइतवार सकिएको छ । दुई साता देखि लाग्दै आएको चन्द्रपुर महोत्सबको बिधिबतरुपमा समापन गरिएको छ ।

राष्ट्रिय गौरवका २१ आयोजना : कुनमा कति प्रगति ? - 2018-03-25
सरकारको मुख्य प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनामा खर्च ज्यादै न्यून भएको छ। अर्थमन्त्रालयको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदन अनुसार छुट्याएको बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ दशमलव ९२ प्रतिशत मात्रै खर्च भएको छ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



1018966 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top