स्वास्थ्य

किन हुन्छ मुखमा क्यान्सर ?



स्वास्थ्य प्रकाशित मिति: काठमाडौं, २ मंसिर

मुखको क्यान्सर नेपालमा पनि गम्भीर समस्या बनेको छ । मद्यपान र धूम्रपान नै मुखको क्यान्सरको प्रमुख कारण हो । वेलैमा सजग रहन डा. राजेन्द्र बराल भन्छन् :

डा. राजेन्द्र बराल

क्यान्सररोग विशेषज्ञ

भक्तपुर क्यान्सर अस्पताल

कारण र लक्षण

सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख उपाय हो । मद्यपान, सुपाडीजन्य पदार्थ, रासायनिक तथा अखाद्य पदार्थ खानुहुँदैन । सन्तुलित खाना, हरियो सागपात र फलफूलमा जोड गर्नुपर्छ । खाएपछि मुखको सफाइमा ध्यान दिनुपर्छ । नुन कम हालेका खानेकुरा खानुपर्छ ।

मुखमा विभिन्न दाग देखिनु क्यान्सरको लक्षण हुन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ ।

जोगिने उपाय

-मुखको क्यान्सर भएका बिरामीमध्ये ९० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । धूम्रपानबाट ३५ किसिमका विभिन्न रोग लाग्न सक्छ ।

-मद्यपान पनि मुखको क्यान्सर गराउने एक प्रमुख कारण हो । जुनसुकै प्रकारको र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ ।

-जंकफुड, केमिकल हालेको सागसब्जी खाँदा पनि मुखको क्यान्सर हुन सक्छ ।

किन हुन्छ मुखमा क्यान्सर ? - 2017-11-18
मुखको क्यान्सर नेपालमा पनि गम्भीर समस्या बनेको छ । मद्यपान र धूम्रपान नै मुखको क्यान्सरको प्रमुख कारण हो । वेलैमा सजग रहन डा. राजेन्द्र बराल भन्छन् :

पौराईमा थप दुइजनामा डेगुरोगी भेटीयो - 2017-11-17
चन्द्रपुर १ मंसिर // रौतहटको चन्द्रपुर नपाको मंगलपुरमा दुइसाता अघि देखि डेगुरोगको प्रकोप देखिएपछि शुक्रवार स्वास्थ्य शिविर राखिएको छ ।

रौतहटमा मच्छर खोज्दै स्वास्थ्यकर्मी - 2017-11-08
रौतहट २२ कात्तिक // जिल्ला जन स्वास्थ्य कार्यालय गौरको टोलीले डेंगु प्रभावित रौतहटको चन्द्रपुर नगरपालिकामा काम थालेको छ ।

रौतहटको चन्द्रपुरमा डेंगु संक्रमणका बिमारीको संख्यामा वृद्धी - 2017-11-06
रौतहटको चन्द्रपुर नगरपालिकामा डेंगु संक्रमणका बिमारीको संख्यामा वृद्धि भएको छ ।

सुत्केरी महिलाले यस्तो कुरामा ध्यान दिऔँ - 2017-11-02
बच्चा जन्मिएपछि ६ हप्तासम्मको अवधि सुत्केरी महिलाका लागि निकै संवेदनशील छ । यो समयमा बच्चासँगै महिलाले आफ्नो निकै ख्याल गर्नुपर्छ । गह्रौँ भारी उचाल्नु हुँदैन, छिटो–छिटो हिँड्नु हुँदैन । प्रशस्त आराम गर्नुपर्छ । बच्चा जन्मिएसँगै सुत्केरी महिलाले यस्ता कुरामा ध्यान दिए बच्चा र आफ्नो स्वास्थ्य राम्रो हुन्छ :

तराईका विभिन्न जिल्लामा डेंगु संक्रमित बढ्दै - 2017-10-06
भदौयता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा छ । डेंगुबाट प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका जिल्ला छन् ।

झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी - 2017-10-06
सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

मिसावटको महामारी- विषाक्त बन्दै खानेकुरा ! - 2017-10-01
तुलनात्मक रुपमा चाडबाडमा खाद्य वस्तुको खपत बढी हुन्छ । तिनको किनबेच यही समयमा बढ्नु स्वाभाविकै हो । तर, यस्तै मौकामा हो, कालोबजार फस्टाउने पनि । गलत नियत भएका व्यापारीले उपभोक्ता ठग्न छाडेका छैनन् ।

मुटु रोगीहरुले कति, कसरी र केको मासु खाने ? - 2017-09-29
नेपाली समाजमा दशैंलाई मासु खाने पर्वको रुपमा लिइन्छ । त्यसमा पनि खसीको मासु । घरमै घोर्ले खसी नढालेसम्म कतिको घरमा दशैंको रौनक भित्रिँदैन । खसीको टाउकोदेखि आन्द्रा-भुँडी, फोक्सोलगायत सबैजसो परिकार खाइन्छ ।

1 2 3 4 5 6 7 NEXT

English News



642398 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top