Kalam Pati - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो - 2018-08-20
काठमाडौं : स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

प्रधानमन्त्री जनकपुरमा, प्रेदश सभालार्इ सम्बाेधन गर्ने - 2018-08-18
जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । उनले केहीबेरमा हुने प्रदेश २ कोे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने छन् ।

बिजनेस पर्खिंदै प्रदेशसभा - 2018-08-13
जनकपुरधाम : सरकारले पर्याप्त ‘बिजनेस’ नदिँदा प्रदेशसभा बैठक पटकपटक सर्ने गरेको छ । आवश्यक नीति र कानुन बन्न सकेका छैनन् । प्रदेशसभाबाट ७ महिनामा ११ विधेयक पारित भएका छन् ।

संसदीय समिति गठन अन्योलमा - 2018-08-07
जनकपुरधाम : प्रदेश सरकार गठन भएको यतिका महिना बितिसक्दा पनि अहिलेसम्म संसदीय समितिहरू क्रियाशील हुन सकेका छैनन् । फोरम–राजपा नेतृत्वमा करिब ६ महिनाअघि सरकार गठन भए पनि संसदीय समितिहरू भने अझै गठन हुन बाँकी छ । संसदीय समितिबिनै विधेयकहरू पास भइरहेका छन् ।

प्रदेश राजधानीमा खुला शाैच : दुर्गन्धित बन्दै उपमहानगर - 2018-08-07
जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित लालकिशोर साहले कार्यभार सम्हालेको भोलिपल्टै नगरक्षेत्रका विभिन्न मठमन्दिरमा आफैंले कुचो लगाउन सुरु गरेका थिए। उनीसँगै वडाध्यक्षहरू र विभिन्न ओहदाका कर्मचारीसमेत साता दिनसम्म सडक र मन्दिर सफाइ गर्दै गरेका भेटिएका थिए। नगरप्रमुख साहले स्वच्छता र सफाइ आफ्नो प्रमुख प्राथमिकतामा रहेको दाबीसमेत गर्थे, उनको कुचो लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो।

चन्द्रपुर नगरपरिषद स्थगित , २७ गते लाइ सारीयो - 2018-08-06
रौतहट २१ साउन // रौतहटको चन्द्रपुर नगरपालिकाको नगर परिषद पुन आउदो २७ गते सम्मका लागी स्थगित भएको छ ।

अधिकार बाट बन्चित भएको उप मेयरहरुको गुनासो - 2018-08-05
रौतहट २० साउन // कानुन व्यवसायी तथा संचाकर्मीहरुलाइ सहभागी गराएर उपमेयर क्लव रौतहटले शनिवार गौरमा वृहद छलफल कार्यक्रम गरेको छ ।

प्रदेश २ लाई चाँडै मधेस सरकार बनाउँछौँ : मन्त्री सोनल - 2018-08-03
वीरगन्ज : प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ‘मधेसी जनताले चाहेको मधेस सरकार’ छिटटै बन्ने बताएका छन् । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि शुक्रबार उक्त कार्यालयको उद्घाटन गर्दै मन्त्री सोनलले मधेसी जनताले चाहेको मधेस सरकारको सपना छिटटै पुरा हुने बताए ।

रौतहट लगाएत देशभर काग्रेसको बिरोध प्रर्दशन - 2018-07-31
रौतहट १५ साउन// नेपाली काग्रेस रौतहटले मंगलवार सदरमुकाम गौरमा सरकारको कामको बिरोध गर्दै प्रर्दशन गरेको छ काग्रेसले देशभर प्रदृशन गरेर सरकारको बिरोध गरेको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1379824 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top