logo
11 Dec 2018   |   
समाज

भालुको आक्रमणबाट दुई जना घाइते



समाज   51 पटक पढिएको   कलमपाटी     
धनगढी १९ मंसिर । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छिन् ।



घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् । उनको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छिन् । 

उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन्। आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताइन् ।

घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको  छ । रासस








थप समाचारहरु






2105331 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top