logo
19 Dec 2018   |   
समाज

‘फष्ट ब्लड’ ले जित्यो पहिलो पुरस्कार



समाज   36 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ // आर आर श्री स्कुलअफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फष्ट ब्लड’ले ‘सम्मान जनक महिनावारीका’विषयमागरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप ५० हजार हात पारेको छ ।



डेनमार्क स्थित गैह्र सरकारी संस्था डिसिए नेपाल ले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य ८ फिल्मलाई उछिन्दै फष्ट ब्लड प्रथम हुन सफल भएको हो । 

सम्मान जनक महिनावारीका विषयलाई उठान गर्नका लागी यो प्रतियोगिताको आयोजना गरिएको थियो ।


डिसिए नेपालका देशियनिर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजीक विषय उठानका लागिगरिएको यो महत्वपुर्ण प्रयास भएको बताए । 

उनले आगामी दिनमा पनि समाजका यस्ता महत्वपुर्ण विषयहरुलाई प्रतियोगिता तथा अन्य माध्यमबाट डिसिए नेपाल ले सदैव प्रमुखताका साथ उठान गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे । डिसिए नेपाल ले गतवर्ष देखि विभिन्न सामाजीकविषयमा हरेक वर्ष छोटो चलचित्र प्रतियोगितागर्दै आएको छ ।


रेवती गुरुङ्ग निर्दे्शित ‘राजवती’ ले दोश्रो पुरस्कार, आश्मागौतम निर्दे्शित ‘शिखा मैनबत्तीको(रिईम्याजिन्ड) ले तेश्रो पुरस्कार हात पार्यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफलभयो । 

विजेताहरुले प्रमाणपत्रका साथै क्रमश ३०, २० र १० हजार पाएका छन ।

त्यस्तै आर आर श्री स्कुलअफ टेक्नोलोजीका रमेश मान श्रेष्ठले यो चलचित्र फष्ट ब्लड निर्माणका बेला आफ्ना महिला सहकर्मि सँग समय विताएर महिनावारीका बारेमा कुरा गरेर, यसले पारीरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताएका छन । 

विभिन्न अन्तराष्ट्रिय पुरस्कार विजेता निर्देशक दीपक रौनियार, मदन पुरस्कार विजेता लेखिका तथा महिलाअधिकारवादी राधा पौडेल र पानी तथा सरसफाईका विज्ञ गुण राजश्रेष्ठ सम्मिलित ‘जुरी’को समुहले यि चार चलचित्रको छनौट गरेका थिए ।










थप समाचारहरु






2177350 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top