logo
21 Mar 2019   |   
समाज

तीस किलो चरेससहित तीन पक्राउ



समाज   59 पटक पढिएको   कलमपाटी     
नेपालगञ्ज २५ पुष । बाँकेको कोहलपुरबाट मंगलबार राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीनजनालाई पक्राउ गरेको छ। प्रदेश-५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर-९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका-८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट-१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट-६ का बलबहादुर बुढा रहेका छन्। तीनैजनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ। रासस











2669385 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top