logo
20 Mar 2019   |   
राजनीति

प्रबिधीयुक्त प्रहरी आजको आवश्यक्ताः आइजीपी खनाल



राजनीति   136 पटक पढिएको   कलमपाटी     
रौतहट २० पुस नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले प्रविधियुक्त प्रहरी आजको आवश्यक्ता रहेको बताएका छन । जोखाना हेरेर प्रहरीले अनुशन्धान गर्न नसक्ने नसक्ने बताउदै आइजीपी खनालले प्रहरीलाइ प्रबिधी र साधन श्रोतले सम्पन्न बनाउन सवैको साथ र सहयोग आवश्यक रहेको बताएका छन ।



रौतहटको गौरमा शुक्रवार सीसीटिभी क्यामेराको उद्घाटन गर्दै आइजीपी खनालले अपराध नियन्त्रण गर्न, घटनाको अनुशन्धानगर्न प्रबिधीको महत्वपुर्ण भुमिका रहने बताएका छन ।

गौर बजार तार रहित सीसी क्यामराको निगरानीमा 

रौतहटको सदरमुकाम गौर नपाको मुख्य बजारक्षेत्र शुक्रवार देखी सिसिटिभी क्यामराको निगरानीमा आएको छ । 

गौर बजारको  विपी चोक, जिल्ला प्रहरी कार्यालय अगाडि, जिल्ला अस्पताल चौक , जिल्ला प्रशासकन कार्यालय अगाडी , बैंक रोड, भन्सार कार्यालय अगाडी लगाएतका १० स्थानमा क्यामराहरु जडान भएका छन ।

अपराधिक गतिविधी नियन्त्रणगर्न तथा गौर बजारक्षेत्रको शान्ति सुरक्षा मजवुत बनाउन साथै घटनाको अनुशन्धान गर्न सिसिटिभी क्यामराले प्रहरीलाइ सहज बनाउने जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले बताएका छन ।

करिव तीस लाखको लागतका क्यामराहरु जडान गरीएको गौर नपाका मेयर अजय कुमार गुप्ताले बताएका छन ।

नेपाल प्रहरीले संचालन गरेको समुदाय प्रहरी साझेदारी अभियान अन्र्तगत गौर नगरपालिकाले बजार क्षेत्रमा क्यामराहरु जडान गरेको हो ।













2661173 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top