logo
11 Dec 2018   |   
अर्थ / व्यापार

मिस्टर नेपालका बिजयी ले पाए सुजुकीको वाइक



अर्थ / व्यापार   40 पटक पढिएको   कलमपाटी     
काठमाण्डौ // सन २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वल्ड को फेनचाईजि शो नेपालमा २०१८ सम्पन्न भएको छ । एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकीको प्रायोजनमा मिस्टर नेपालको फाइनल राउण्ड असोज १३ गते बेलुका ६ बजे बाट सुरु भएको थियो ।



मिस्टर वल्ड फर्मेटमा रहेरसुरु भएको कार्यक्रममा १८ जना सहभागिता थिए  । जसध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दीप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिएका छन  ।

बिजयी महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजारसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन भने  परियार, बराल र श्रेष्ठले नगद १५ हजार सहित विभिन्न उपहार प्राप्त गरेका थिए ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर गर्दै उज्वल भविश्य निर्माणमा अग्रसर गराउने उदेश्यले प्रतियोगिताको आयोजना हुँदै आएको एक्सपोज नेपालकी सिइओ अर्चना थापाले बताएकी छिन ।

मिस्टर नेपालका बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी वाइकको सांचो हस्तान्तरण गर्दै सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले  समाजमा लुकेर रहेका प्रतिभाहरु लाइ संसार भर पुर्याउन पाउदा खुशी लागेको बताएका छन ।

 नेपालको शानको रुपमा रहेको  मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत मेनेजर कोइरालाले गरेका छन ।













2105220 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top