logo
17 Nov 2018   |   
साहित्य

ओमनमा बज्जिका पत्रकार संघ गठन



साहित्य   127 पटक पढिएको        
कलमपाटी १९ माघ/ विभिन्न भाषाभाषी र भूगोलका युवा पत्रकारहरुलाई समेट्दै ओमनमा बज्जिका पत्रकार संघ गठन गरिएको छ । कामको खोजीमा ओमन पुगेका नेपाली युवाहरुले राजुकुमार श्रीवास्तवको अध्यक्षतामा सात सदस्यीय बज्जिका पत्रकार संघ ओमन गठन गरेका छन् ।




समितिमा बाँके जिल्लाका चित्रप्रसाद, धनुषाका इन्दल महतो, कपिलवस्तुका शैलेन्द्र चौधरी, संखुवासभाका लाक्पा तेन्जिङ शेर्पा र प्युठानका सुरज केसी सदस्य रहेका छन् । हरेक महिनाको एक तारिखका दिन बैठक बस्ने र बज्जिका भाषा, साहित्य तथा पत्रकारिताको विकासको लागि रचनात्मक कार्य गरिरहने संघका अध्यक्ष श्रीवास्तवले सामाजिक सञ्जालमार्फत जनाएका छन् । संघको संरक्षकमा सञ्जय मित्रलाई राखिएको पनि श्रीवास्तवले जनाएका छन् ।

यस अघि मलेसियामा नेपाल मलेसिया आप्रबासी बज्जिका पत्रकार संघ ललन यादवको अध्यक्षतामा गठन गरिएको थियो । 













1874905 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top