logo
21 Oct 2018   |   
समाज

२० वटा मदीरा उत्पादन गर्ने भट्टी नष्ट



समाज   127 पटक पढिएको        
रौतहट २० बैसाख / रौतहट जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा मदिरा भट्टी संचालन भट्टीहरु प्रहरीले नष्ट गरेको छ ।



जिल्ला प्रहरी कार्यालयबाट विशेष टोलीहरु बनाई बैसाख १ गते देखी मदीरा भट्टी नियन्त्रण गर्ने अभियान चलाएको थियो ।

मदिरा भट्टीहरु तोडफोड गरी मदिरा नष्ट गर्नुको साथै मदिरा बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


गुजरा, गढीमाइ, राजपुर,  बृन्दाबन, गौर र चन्द्रपुर नपामा संचालनमा रहेको २० वटा अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतटहका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन । प्रहरीले करीव १५ हजार लिटर कच्चा मदीरा र करीव पाच हजार लिटर तयारी अवस्थाको मदीरा बरामद गरी नष्ट समेत गरेको छ ।












1784547 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top